२ कार्तिक २०८१, शुक्रबार

सिमित मानिसहरूको स्वार्थमा आर्थिक संकट सिर्जना गरियो 

0

पोखरा / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले सिमित व्यक्ति र वर्गको स्वार्थको कारण देशमा प्रायोजित ढङ्गले आर्थिक संकट पैदा गरिएको दाबी गरेका छन।पोखरा उद्योग वार्णिज्य संघको हलमा आइतबार आयोजित `आर्थिक- राजनीतिक संकट, सञ्चारमा त्यसको प्रभाव र दायित्व बिषयक´ अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन।

“देशमा अहिले चरम आर्थिक संकट छ, स्थिति निकै असहज र अस्तव्यस्त छ, देशमा आजको आर्थिक संकट आउनुका पछाडि विभिन्न कारणमध्ये २०४६ पछि लिएका गलत आर्थिक नीतिहरुले पनि संकट निम्त्यायो- नेता अनिल सी ले भने-देशमा कुनै युद्द पनि छैन,एउटा निश्चित वर्ग र सिमित व्यक्तिको स्वार्थका कारण प्रायोजित रूपमा आर्थिक संकट सिर्जना गरिएको छ।”

मन्तव्यको क्रममा उनले नेपालमा बिगत लामो समयदेखि जुन अस्थिरताको समस्या छ, यसको पछाडी राणाकालदेखि पटकपटक पात्रहरु मात्रै बदलिए तर समाजको वर्गसंरचना यथावत रहेकोले यस्तो समस्या हल हुन नसकेको बताए।

त्यस्तै कार्यक्रममा नेपालका मिडियाहरुमा बिदेशी लगानी बढ्दै गएकोले सामग्रीको उत्पादन र सम्प्रेषणमा पनि उनिहरुको नियन्त्रण कायम हुँदै गएको तथा साना मिडिया, छापा माध्यम लगाएत जनताका पक्षमा काम गरिरहेका सञ्चार माध्यमहरु संकटमा रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।