१२ श्रावण २०८१, शनिबार

आज समाजवादी मोर्चा घोषणा हुने

0

४असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सहित चार दलको समाजवादी मोर्चा घोषणा आज  हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ ।

समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी , माओवादी, जसपा र एकीकृत समाजवादी छन् ।

नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।  तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने सहमति भएको छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।