११ श्रावण २०८१, शनिबार

सुदूरपश्चिम सरकारका मन्त्री सिंह सवार गाडी दुर्घटना

0

काठमाडौं । बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी  डडेल्धुराबाट चैनपुर जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।