![](https://janapatrika.com/wp-content/uploads/2023/06/received_2323268144531506.jpeg)
रागेचाैर,सल्यान / जनताको सुखदुःखकाे साथि ! नेपाल कम्युनिस्ट पार्टी !! भन्ने मुल नाराका साथ सल्यानमा जारि ‘जनएकता अभियान २०८०’ अन्तरगत नेपाल कम्युनिस्ट पार्टी सल्यानकाे कुमाख गाउँपालिकामा दाेस्राे भेला सम्पन्न भएको छ। कुमाख गाउँपालिका पार्टीको दाेर्साे भेलाले कमरेड अनिल सीकाे नेतृत्वमा १५ सदस्यीय गाउँपालिका पार्टी कमिटी निर्वाचित गरेको छ।
गाउँपालिकाकाे केन्द्र रागेचाैरमा सम्पन्न भएको पार्टीको साे भेलाले ५ सदस्यीय पार्टीको गाउँपालिका सल्लाहकार कमिटी समेत निर्वाचित गरेको छ।
कुमाख गाउँपालिका पार्टीको दाेर्साे भेलाकाे उदघाटन गर्दै प्रमुख अतिथिकाे रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड अनिल सीले देशकाे माटाे सुहाउँदो वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्था नेपालमा अनिवार्य भएको बताए।पार्टीको भेलालाई सम्बाेधन गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम सीले नेपाली जनताको सुखदुःख बाेल्ने पार्टी नेपालमा नेपाल कम्युनिस्ट पार्टी मात्रै भएको दावी गरे।
नेकपा सल्यानका सचिव मदन सी ले नेपाल र नेपाली जनताको मुख्य समस्या भनेको दलाल पुँजिवादी संसदीय व्यवस्था भएको हुनाले यसकाे सट्टामा देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताएका थिए भने
पार्टीको साे भेलालाई युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य प्रकाश सी, पार्टीका जिल्ला सदस्य तथा गाउँपालिका इन्चार्ज कमरेड गणेश सी, अखिल(क्रान्तिकारी) का दीपक सी, युवा संगठन नेपाल शारदा नगर कमिटी अध्यक्ष राेदिन सीले शुभकामना दिएका थिए।भेलाबाट निर्वाचित हुनुहुने अन्य सदस्यहरुमा गाेकर्ण सी, थलबहादुर सी, कमला सी ए, रेशम सी, बिनाेद सी, शुकलाल सी, तिलक सी, दिलिप सी र मदन सी रहेका थिएकमिटीमा चारजना सदस्य पछि थपिने बताइएको छ।
साे भेला पार्टीका जिल्ला सल्लाहकार तथा दाेस्राे भेला आयोजक समितिका संयाेजक जीतेन्द्र सीकाे अध्यक्षतामा तथा अनिल सी काे संचालनमा सम्पन्न भएको थियोे ।