१२ श्रावण २०८१, शनिबार

युवा संगठन नेपाल कुमाख गाउँ कमिटिको संयोजकमा रेशम

0

सल्यान।नेपाल कम्युनिस्ट पार्टीको सल्यान जिल्लामा संचालित अभियान, जनताको सुखदुःखकाे साथि ! नेपाल कम्युनिस्ट पार्टी !! ‘जनएकता अभियान २०८०’ अन्तरगत कुमाख गाउँपालिकामा नेकपाकाे सहायक संगठन, युवा संगठन नेपालकाे कुमाख गाउँपालिका पहिलो सम्मेलन आयाेजक समिति गठन गरिएको छ।

शनिवार गाउँपालिकाकाे केन्द्र रागेचाैरमा सम्पन्न युवाहरुकाे एक भेलाले रेशम शर्माकाे संयाेजकत्वमा ९ सदस्यीय सम्मेलन आयाेजक समिति गठन गरिएको युवा संगठन सल्यानले बताएको छ।

युवा संगठन गठनको भेलामा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य प्रकाश सी, अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष सी, नेपाल कम्युनिस्ट पार्टी कुमाख गाउँपालिकाका सचिव कमरेड अनिल सी लगायत उपस्थित रहेका थिए। 

भेलाबाट चुनिएका युवा संगठन नेपाल कुमाख गाउँपालिका पहिलो सम्मेलन आयाेजक समितिका सदस्यहरु, दिलिप सिंह बिष्ट, कमला रावत, शुकलाल बिश्वकर्मा, उमेश राना, उमेश गिरि लगायत रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।