११ श्रावण २०८१, शनिबार

लघुवित्त विरूद्ध झापाका दुई स्थानमा एकै साथ जनकारबाही

0

झापा । जनता माथी अत्यचार गरेको भन्दै झापाक दुइ स्थानमा एकैसाथ जनकारबाही भएको छ ।नेपाल कम्युनिस्ट पार्टिको नेतृत्व र स्थानिय जनताहरुको अनुरोधमा जीवन बिकास नामक लघुवित्तमा तालबन्दी गरिएको हो। 

आईतबार नाराबाजी सहित गएका उनिहरुले दमक ८ स्थित जीवन बिकासको झापा मुख्य कार्यलयको बोर्ड निकालेर आगजनी गरिदिएका थिए। त्यस्तै जनकारबाहीमा गएका उनिहरुले तालाबन्दी गर्दै जनतालाई नलुट्न, दुख नदिन, आत्महत्या गर्न बाध्य नपार्न चेतावनी दिएका थिए ।

दमकमा भएको जनकारबाहीको नेतृत्व गर्न नेपाल कम्युनिस्ट पार्टिका झापा जिल्ला सेक्रेटरी संजय सी, युवा संगठनका झापा इन्चार्ज पुकार सी, सविन सी, लघुवित्त विरूद्ध संघर्स गरिरहेकी लुजा राई लगायत जनताको उपस्थिती रहेको थियो । 

जनकारबाही पछि बोल्दै संजय सीले जनता माथीको अत्याचार रोक्न लघुवित्तलाई चेतावनी दिएका थिए। शोषणलाइ जारी राखे यो भन्दा ससक्त कारबाही गर्ने चेताबनी समेत दिएका थिए।

त्यस्तै गरेर झापाको झापा गांउपालिका ३ नम्बर वार्ड कामाटोलिमा प्रहरि दमनका बाबजुत चमनलाल सी को नेतृत्वमा जनताको ठूलो प्रदर्शनले जीवन बिकासको कार्यलय माथी जनकारबाही गरेको छ ।

नेता चमनलालले जनउत्तरदायी बन्न प्रशासनलाई अनुरोध गरेका छन । जनतालाइ न्याय दिने जिम्मा राज्यको हो तर राज्य निकम्मा बनेपछि जनता नै संघर्षमा उठ्न बाध्य बनेको उनले बताए । राज्य गभिर नबने जनताको प्रतिकार हिंसामा बदलिन सक्ने चेतावनि दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।