११ श्रावण २०८१, शनिबार

समाजवादको पक्षमा कलम चलाउनु आजको अपरिहार्यता

0

अर्घाखाँची / नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सञ्जीव सीले वर्तमान संकटको निकास बैज्ञानिक समाजवाद भएकोले समाजवादको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा आयोजना गरेको ४ दिने आधारभूत पत्रकारिता तालिमको सोमबार उद्घाटन गर्दै पोलिटब्युरो सदस्य सञ्जीव सीले यस्तो आग्रह गरेका हुन।

अहिलेको संकटको अवस्थामा दलाल संसदीय व्यवस्था परिवर्तन गरी जनताको अवस्था परिवर्तन गर्ने बाटोमा लाग्नुपर्ने भन्दै नेकपा नेता सञ्जीवले देशमा वेरोजगारी समस्या बढेको, युवाहरू बिदेश पलाएन भएको र देश चरम आर्थिक संकटमा परेकोले यस्तो समस्या विद्यमान व्यवस्थाले निम्त्याएको दावी गरे।

उनले भने -“अरबका खाडी सुन्दर बनाउने नेपालीहरु हुन, देशको व्यापारमा ७ प्रतिशत निर्यात र ९३ प्रतिशत आयात छ, ६० लाख बेरोजगार युवा श्रमशक्ति बिदेश छ, मागेर देश चलाउनुपर्ने अवस्था छ,२१ खर्ब ६३ अर्ब वैदेशिक रिण छ , यसले के देखाउछ भने देश असफल र संकटग्रस्त भयो।”

देशको स्वाधीनता माथी समेत साम्राज्यवादी हस्तक्षेप बढेको भन्दै सबै रास्ट्रवादी, समाजवादी, कम्युनिस्ट , क्रान्तिकारीहरु एकताबद्ध हुने बेला आएको उनको भनाई थियो।

समाजवादी मोर्चा नेपाल गठनले केहि नयाँ आशा पलाएको उल्लेख गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन समाजवादी मोर्चा बनेको जिकिर गर्दै नेता सञ्जीवले संसदीय व्यवस्था पुर्ण असफलसिद्द भएको दावी गर्दै समाजवादी क्रान्तिका लागि सत्य तथ्य समाचार लेखेर समाजलाई नयाँ प्रणाली र सभ्यतातिर डोर्‍याउन सञ्चारकर्मीको जिम्मेवारी भएको समेत बताए।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्रीको अध्यक्षतामा भएको आधारभूत पत्रकारिता तालिममा संगठनका केन्द्रिय अध्यक्ष शेरबहादुर बिश्वकर्मा,नेकपा प्युठान इन्चार्ज जागृती सी,नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , पत्रकार महासंघ अर्घाखाँचीका सभापति अशोक खनाल,पत्रकारहरू प्रेम नारायण आचार्य , गणेश खनाल , विरेन्द्र के सी, अम्बिका श्रेष्ठ, गोपाल प्रसाद भट्टराई, उद्योग वार्णिज्य महासंघ अर्घाखाँचीका महासचिव तुलसीराम खनाल, चेम्बर अफ कमर्शका अध्यक्ष अशोक कुमार श्रेष्ठले मन्तव्य दिदै आधारभूत पत्रकारिता तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए भने बिहानी मगरले मन्तव्यद्वारा स्वागत गरेको कार्यक्रमलाई पत्रकार अनिल नेपालीले सञ्चालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।