११ श्रावण २०८१, शनिबार

पार्टी एकताको बिषयमा छलफल चलिरहेको छ : डिवी सर्वश्रेष्ठ

0

काठमाडौ /बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टीमा फेरि पनि विभाजन भएको छ । आहुति नेतृत्वकोे सो पार्टीका ४१ जना केन्द्रिय सदस्य मध्ये १३ जनाले बैज्ञानिक समाजवादी मोर्चा नामक अर्को समुह गठन गरेका छन् । विभाजित समुहले आशिष लिम्बुलाई संयोजक र डिबी सर्बश्रेष्ठलाई प्रबक्ता तोकेका छन् ।यस अघि दुबै नेताहरु आहुति नेतृत्वकोे पार्टीमा सचिबालय सदस्य थिए ।

असार ८ देखि काभ्रेपलान्चोेक जिल्लाको तिमालमा केन्द्रिय समितिको बैठक भएको र १० गते उनीहरुले आफ्ना मागहरु सम्वोधन नभएको भन्दै विद्रोह गरेका हुन् ।

आहुति नेतृत्वको पार्टीमा पुर्व जनमोर्चा समुह र पुर्व माओबादी समुह बिच मनोबैज्ञानिक दबाब थियो । २०७९ साल चैत १७ देखि १९ सम्म काठमाण्डौ कमलादीस्थित प्रज्ञाभवनमा भएको राष्ट्रिय सम्मेलनमा आशिष- सर्बश्रेष्ठ समुहले विभिन्न बिषयमा फरक मत राखेको थियो । ती मतहरुलाई केन्द्रिय समिति बैठकमा सम्वोधन गर्ने शर्तमा राजनैतिक प्रतिबेदन पारित गरेर झुक्काउने काम भएको प्रवक्ता सर्बश्रेष्ठकोे दाबी रहेको छ ।

आहुति नेतृत्वको पार्टीका १५ जना सचिवालय सदस्य मध्ये आशिष लिम्बु ताप्लेजुङ ,विनोद सोेनाम कास्की ,सर्बश्रेष्ठ झापा , र मानव उदयपुरले सो पार्टी छोडेका छन् । पार्टीमा ५ जना कार्यालय सदस्य मध्ये नवगठित मोेर्चाका संयोजक आशिष लिम्बु पनि एकजना थिए । विद्रोही समुहले असार ११ गते काठमाण्डौ गङगबुको एक होटलमा बैठक बसी २१ सदस्यीय मोर्चा गठन गरेको प्रबक्ता डिबी श्रेष्ठले बताएका छन् ।

विद्रोही पक्षले पुँजीवाद आज भुमण्डलीकृत निगम पुँजीबादमा प्रबेश गरेको कारण बिश्वयुद्ध हुदैन भन्ने नेता आहुतिको धारणामा असहमत भएको बताएको छ । आजको उत्पादनक शक्ति प्रविधि हो भन्ने धारणाप्रति पनि उनीहरु असहमती जनाउदै आएका थिए । आहुति नेतृत्वको पार्टीले पुँजीबादी व्यबस्थाभित्रै समाजबादी अर्थव्यबस्था निर्माण गदै जाने दाबी गरीरहेको बेला बिद्रोही पक्षले समाजबादी सत्ता निर्माण नगरे समाजबादी अर्थव्यबस्था निर्माण नहुने बताएका छन ।

नेपालको पछिल्लो राजनितिक परिस्थितिको बिश्लेषणमा पनि उनीहरुबिच एकरुपता थिएन । समाजबादी मोर्चा र रणनितिक मोर्चाको बिषयमा आहुति नकारात्मक भएको समयमा आशिष- सर्बश्रेष्ठ पक्ष भने सकारात्मक थियो ।

नवगठित पार्टी बैज्ञानिक समाजबादी मोर्चाका प्रबक्ता डिबी सर्बश्रेष्ठले असार मशान्तभित्र राष्ट्रिय सम्मेलन गरेर समग्र निति, कार्यक्रम र राजनितिक धारणा निर्माण गर्ने बताएका छन् ।सम्मेलनले पार्टी एकता र धुबीकरणबारे निर्णय गर्ने उनले बताए । उता आहुति नेतृत्वको माउ पार्टीले एक विज्ञप्ती मार्फत विद्रोेही पक्षले पार्टीको बिचारधारा बुझन नसकेको आरोप लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।