१० श्रावण २०८१, शुक्रबार

मङ्गला क्याम्पस म्याग्दीमा भ्रष्टाचार भएको भन्दै कारबाही गर्न अखिल (क्रान्तिकारी)को माग

0

म्याग्दी / नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल( क्रान्तिकारी) विद्यार्थी युनियनले म्याग्दीको मंगला शिक्षा क्याम्पसमा भ्रस्टाचार भएको रकम तुरुन्त दाखिला गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको । मंगला शिक्षा क्याम्पसमा भएको चरम भ्रष्टाचारको रकम क्याम्पसको खातामा तुरुन्त दाखिला गर्नपर्ने माग सहित मंगलबार अखिल( क्रान्तिकारी)ले क्याम्पस प्रमुखलाई मागपत्र पेश गरेको हो।

माग पत्रमा उल्लेख गरिएको मागहरु ३ दिनभित्र तुरुन्तै कार्यान्वयन नभए कडा संघर्षको कार्यक्रमहरु सहित अगाडी बढ्ने चेतावनी समेत दिइएको छ

पश्चिम म्याग्दीको एकमात्र शैक्षिक धरोहर मानिने मंगला गाउँपालिका वडा न २ मा अवस्थित मंगला शिक्षा क्याम्पसमा पछिल्लो समय भएको भ्रष्टाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको कुरा मागपत्रमा उल्लेख छ । विभिन्न ४ मागहरु उल्लेख गरिएको मागपत्र मंगला शिक्षा क्याम्पसलाई अनेरास्ववियु (क्रान्तिकारी)की जिल्ला संयोजक मनिसा सी ले बुझाएकी हुन ।

भवन निर्माणमा भएको ९ लाखको भ्रष्टाचारको रकम क्याम्पसको खातामा जम्मा गर्नु पर्ने, स्वबियु निर्वाचनमा भएको फर्जी भर्नाको रकम क्याम्पसको खातामा जम्मा गर्नुपर्ने, क्याम्पस संचालक समितिको अध्यक्षले राजीनामा दिनुपर्ने र भयरहित वातावरणमा क्याम्पस संचालन हुनुपर्ने मागहरु माग पत्रमा उल्लेख छन् ।

यस्तो छ मागपत्रको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।