११ श्रावण २०८१, शनिबार

चार दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

0

अर्घाखाँची /जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले सञ्चालन गरेको चार दिने आधारभूत पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ।तालिममा समाचार लेखन, संकलन, श्रोत पहिचान, रेडियो उद्घघोषण, मोबाइल पत्राकारिता लगाएतका बिबिध बिषयहरुमा प्रशिक्षण दिइएको छ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न सुझाव दिएका छन।उनले संगठनको उदेश्य सभ्य समाज निर्माण गर्ने भएकाले त्यो समाजवादी व्यवस्थाबाट मात्रै संभव हुने भन्दै समाजवादका लागि पत्रकारिता गर्नुपर्ने बताए।

कार्यक्रममा नेकपाका अर्घाखाँची इन्चार्ज खेम सीले तालिम महत्त्वपूर्ण र उपलब्धिमुलक रहेको बताए।तालिमका प्रशिक्षक वसन्त बिकले तालिमले दिशानिर्देश मात्रै गरेको र बाकी अभ्यास गर्दै अगाडि बढ्न अनुरोध गरे।

जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी  प्रदेश समन्वय समिति संयोजक राजेन्द्र रावत क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका  केन्द्रिय सदस्य हेमन्त प्रकाश ओलीले तालिम ज्ञानवर्दक रहेको अनुभुति व्यक्त गरेका थिए भने समापन कार्यक्रमलाई अनिल नेपालीले सञ्चालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।