७ जेष्ठ २०८१, सोमबार

वीरजङ्ग पुस्तकालयमा एक लाख पुस्तक पुर्‍याउने लक्ष्य छ

0

कपिलवस्तु / वीरजङग पुस्तकालय सञ्चालन समिति सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टीका नेता शुसिलले कपिलवस्तुको शिवगढीमा रहेको पुस्तकालयमा १ लाख पुस्तक संकलन गर्ने लक्ष्य रहेको जानकारी दिएका छन।बिहिवार जनपत्रीका डटकमसङ्ग पुस्तकालयको आगामी योजना र उदेश्यबारे कुराकानी गर्दै शुसिलले यस्तो बताएका हुन।

सञ्चालक समिति सदस्य शुसिलले कुराकानीको क्रममा भने- “हामीले कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता लगाएत आम युवापुस्तालाई अध्ययनको संस्कृतितर्फ प्रेरित गर्न खोज्दैछौँ यसो नगरी सहि अर्थमा समाज र परिवर्तनको नेतृत्व गर्न संभव पनि छैन, त्यसका लागि स्कुलिङ र बैचारिक प्रशिक्षणका साथै अध्ययन सामग्रीको सहज उपलब्धता जरुरी छ”- उनले थपे- ” नेकपा नेता सहिद वीरजङ्गको नामबाट हामीले जुन पुस्तकालय बनाएका छौं, यसमा आगामी केही बर्षमा १लाख पुस्तक पुर्‍याउने योजना छ।”

पुस्तकालयमा राजनीतिक , आर्थिक ,साँस्कृतिक, साहित्यिक, दार्शनिक र धार्मिक बिषयका किताबहरु समेत राख्ने योजना रहेको शुसिलले बताए।

करिब १ हजार पुस्तकहरू संकलन भइसकेको उक्त पुस्तकालयमा आजीवन सदस्य हुनका लागि १ हजार र साधारण सदस्य हुनका लागि १ सय ५० तिरेर सदस्य हुन सकिने व्यवस्था गरिएको छ भने साधारण सदस्यले किताब लिएपछि १ हप्तामा फिर्ता गरिसक्नु पर्ने र आजीवन सदस्यले १ महिना भित्र लिएको किताब फिर्ता गरिसक्नुपर्ने प्रावधान राखिएको छ।

भविस्यमा इ-लाइब्रेररी बनाउने उदेश्य रहेको वीरजङ्ग पुस्तकालयमा हाल सी जीन फिङको संकलित रचना सेट,कार्लमार्क्सको पुँजी,लेनिनको राज्य र क्रान्ति, सरदार भिम बहादुर पाडेको त्यो बेलाको नेपाल, मोहन वैध- किरण-को संघर्षको दर्शन र र्मार्क्सवादी दर्शन, माओत्सेतुङका संकलित रचनाहरु, भिक्टर आफनाश्यभको दर्शनशास्त्रको प्रारम्भिक ज्ञान, चे को जीवनी,क्लारा जेट्किनको जीवनी,नेकपा नेतृ उमा सीको गोरखा जेलब्रेक,नेकपा महासचिव विप्लवको बैज्ञानिक समाजवाद ,र एकीकृत जनक्रान्ति,अमर न्यौपानेको सेतो धर्ती, चैतन्य मिश्रको पुँजीवाद र नेपाल , नेकपा प्रवक्ता प्रकाण्डको संकलित रचना, अनिल सीको जेलखाना, आहुतिको नयाँ घर,डार्विनको जातिहरुको उत्पत्ति लगाएत विभिन्न विधाका पुस्तकहरू उपलब्ध छन।

नेकपा स्थायी समिति सदस्य अनिल सी, केन्द्रिय नेताहरू भेषराज सी र सुशील सी सम्मीलित सञ्चालक समिती रहेको वीरजङ्ग पुस्तकालय  कपिलवस्तुको शिवगढी स्थित नेकपाको केन्द्रिय कार्यालयको दोस्रो तलामा अवस्थित छ भने नेपाली, हिन्दी, अङ्ग्रेजी र सस्कृत भाषाका किताबहरु उपलब्ध छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।