१२ श्रावण २०८१, शनिबार

नेकपाले भोलि देशभर श्रमउत्सव मनाउदै

कपिलवस्तुमा महासचिव विप्लवले उद्घाटन गर्ने

0

कपिलवस्तु /नेपाल कम्युनिस्ट पार्टीले (भोलि) असार १५ गते देशभर एकैसाथ श्रमउत्सवको  उद्द्घाटन गर्दै छ।

नेकपाले केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तु ,चितवन,वर्दियाको राजापुरमा विशेष कार्यक्रमको आयोजना गरि देशभर एकैसाथ श्रमउत्सवको उद्द्घाटन गर्न लागेको हो।

नेकपाले आफ्नो केन्द्रिय कार्यलय कपिलवस्तुमा भने महासचिव विप्लव सी लगायतका नेताकार्यकर्ता ,इन्द्रेणी कलाकार परिवार ,सामना कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय गित गाएर श्रमउत्सवको भव्य उद्दघाटन गर्दै छ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले  श्रमउत्सवको बिहान साढे ६ बजे औपचारिक रुपमा उद्दघाटन गर्ने कार्यक्रम रहेको नेकपाको केन्द्रीय कार्यलयले जनाएको छ।

उद्द्घाटन कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड  सी,स्थायी समिति सदस्य शिलु सी,सुशील सी, पोलिटव्युरो सदस्य  ध्रव  सी लगाएतका केन्द्रिय  नेताहरु र कार्यकर्ताको सहभागीता हुनेछ।

महासचिव विप्लव ,स्थायी समिती सदस्य शिलु सी र सुशील सी कपिलवस्तु पुगिसकेका छन भने अरु नेताहरु पुग्ने क्रम जारी छ।

महासचिव विप्लव सहितका नेताहरूको प्रत्यक्ष  सहभागीतामा बिहीबार (आज)मात्रै२० किलो बेर्ना राखिएको धानको बीउ निकालिएको छ।

नेकपाले श्रम उत्सवको उद्दघाटनको दिनमा कपिलवस्तुमा अढाइ बिघा जग्गामा धान रोप्ने छ।

यस्तै नेकपाले चितवन र वर्दियाको राजापुरमा पनि करिब २० बिघा जमिनमा धान रोप्नेछ।

नेकपाले बर्दियाको राजापुरका लागि स्थायी समिति सदस्य  भरत सी र चितवनका लागि स्थायी समिति सदस्य अनिल सीको नेतृत्वमा धान रोप्ने जनशक्ति खटाएको छ।
कपिलवस्तुमा हुने श्रम उत्सवको उद्द्घाटनमा इन्द्रेणी कलाकारको टिम र सामना परिवारले बेजोड  साङ्गेतिक प्रस्तुति प्रस्तुत गर्नेछन।

श्रम उत्सवको उद्दघाटन कार्यक्रमलाई प्रचार प्रसार गर्न जनपत्रकार संगठनका आधा दर्जन  पत्रकारहरु कपिलवस्तु पुगीसकेका छन भने अन्य पत्रकारहरु पनि सहभागी हुनेछन।

नेकपाले पार्टीलाई आत्मनिर्भर बनाउन  देशभर करिव ८० बिघा जमीनमा धान रोप्ने लक्ष्य लिएको नेकपाका केन्द्रिय कार्यलय सचिव बिजय सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।