१२ श्रावण २०८१, शनिबार

‘समाजवादी मोर्चाले छिट्टै गति लिन्छ‘

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी ले समाजवादी मोर्चाले छिट्टै गति लिने बताएका छन् । समाजवादी मोर्चाका बिषयमा बिभिन्न नकारात्मक टिकाटिप्पणी आउँन थालेको छ , वास्तविकता के हो ? भन्ने प्रश्नको जवाफ दिदै प्रबक्ता प्रकाण्ड सी ले सो कुरा बताएका हुन् । उनले चार पार्टीबीच साझा सहमती बनेर समाजवादी मोर्चा गठन हुनु नेपालको राजनीतिमा ऎतिहासिक कार्य भएको बताए।

उनले भने – ‘समाजवादी मोर्चाको गठनवाट उत्साहित राजनीतिक दल , नेता – कार्यकर्ता र जनताको अपेक्षा समाजवादी मोर्चाले छिटै कार्य अगाडि बढाओस भन्ने चाहना र अपेक्षा छ। यसप्रति मोर्चा धेरै गम्भीर छ। समाजवादी मोर्चा गठन भएपछि आम क्रान्तिकारी कम्युनिस्ट , प्रगतिशील , सच्चा लोकतन्त्रवादी र देशभक्तहरुमा उमंग पैदा भएको छ भने दलाल पुँजीवादी तत्व र साम्राज्यवादीहरुको निम्ति टाउको दुखाईको बिषय बनेको छ। त्यसैले अहिले समाजवादी मोर्चाको बिषयमा बिभिन्न भ्रम छर्ने प्रयास गरिएको देखिन्छ। यो एकदमै षडयन्त्रमुलक छ। ‘

प्रबक्ता प्रकाण्ड सी ले समाजवादी मोर्चाको घोषणा भै सकेपछि नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले एउटा ठूलो जिम्मेवारीको बोध गरेको बताए ।

उनले आगामी केहि दिन भित्रै समाजवादी मोर्चाको बैठक बसेर कार्य अगाडि बढाउने ठोकुवा गरे । उनले भने – ‘यो बीचमा चारै पार्टीको आन्तरिक व्यस्तताको कारण केहि समय ढिलो हुन् गएको हो ,अब छिटै मोर्चाको बैठक बसेर योजना , नीति र कार्यलाई गति दिईनेछ। त्यसकारण आम जनतालगायत आमक्रान्तिकारी कम्युनिस्ट , प्रगतिशील , सच्चा लोकतन्त्रवादी र देशभक्तहरु मोर्चाविरुद्ध आएका नकारात्मक टिकाटिप्पणीवाट भ्रमित नुहुन र मोर्चा विरुद्ध भ्रमित गर्ने दुस्साहस नगर्न आग्रह गर्दछु । ‘


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।