११ श्रावण २०८१, शनिबार

सामना साँस्कृतिक परिवारद्वारा एक बिघा जमिनमा धान रोपाइँ

0

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको कलाकार टिम सामना साँस्कृतिक परिवारले एक बिघा जमिनमा धान रोपाइँ गरेको छ। पश्चिम लुम्बिनी ब्यूरोको सामना साँस्कृतिक परिवारले पार्टीको असार १५ देखि सुरु भएको श्रमउत्सव संगै कपिलबस्तुकाे शिवगढीमा उत्पादनकार्य अन्तर्गत बुधवार एक बिघा जमिनमा धान रोपाइँ गरेको हो।

“हामी कलाकार मात्रै हैन, यो देशको रक्षा  गर्ने सिपाई पनि हौँ परिआउँदा देशका लागि प्राण दिन् तयार छौ”,पश्चिम लुम्बिनी ब्युरो सामना परिवारका सम्योजक देवराज सी ले भने, “कला र नृत्यले मात्रै यो देशलाई पुग्दैन त्यो संगै कलाकार पनि आत्मनिर्भर  र उत्पादनसिल हुनपर्ने हुन्छ।” उनले पश्चिम लुम्बिनीमा सामना परिवारले १ बिघा जमिनमा धान रोपाइँ गरेको बताएका छन्।

कलाकारले खेतमा गित गाउदै -नाच्दै  धान रोपेर सकेका छन र  नेकपा सम्बद्ध  स्थानीय पार्टी सदस्यहरुले पनि कलाकारको साथमा एक दिन श्रम गरेर सहयोग गरेका छन्।कलाकारसंग काम गर्न निकै रमाइलो भएको शान्ता शाहीले बताएकी छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।