११ श्रावण २०८१, शनिबार

उत्पादनसँग जोडिदै नेकपा कञ्चनपुर

0

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले पहिलो चरण करिब दस कट्ठा जग्गामा उत्पादन कार्य अन्तर्गत धान खेती गर्ने भएको छ । नेकपाले बिहीबार जिल्लाको शुक्लाफाँटा नगरपालिका ०७ स्थित जग्गा भाडामा लिएर धान रोप्ने कार्य सम्पन्न गरेको हो ।

पार्टीले लिएको उत्पादन नीति अन्तर्गत आफूहरुले कञ्चनपुर जिल्लामा धान खेती गर्न लागेको नेकपा कञ्चनपुर सचिव दिवार सीले बताएका छन् । उनले भने,“पार्टी र नेता कार्यकर्ता आत्मनिर्भर बनाउने उदेश्यका साथ हामी श्रम र उत्पादनमा जोडिएका छौं । सुरुवाती चरण धान खेती लगाउँदै छौं र विस्तारै यो उत्पादन कार्यलाई व्यवसायिकतासँग जोड्ने योजना छ ।”

धान रोपाइँमा नेकपा केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी, नेकपा जिल्ला इन्चार्ज विराट सी लगायत अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव प्रकाश सी र केन्द्रीय सदस्य ललित सी, मजदुर संगठनका केन्द्रीय सदस्य कमल सी लगायत अन्य नेता कार्यकर्ता र जनताको उपस्थिति थियो ।

त्यस्तै नेकपाले यस वर्ष मात्रै देशैभरि विभिन्न क्षेत्रमा उत्पादनका कार्यहरु गरिरहेको छ । कपिलवस्तु, चितवन, बर्दिया, सुनसरी, कैलाली लगायत धेरै जिल्लामा करिब ४० बिघा भन्दा बढी जमीनमा नेकपाले उत्पादन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।