११ श्रावण २०८१, शनिबार

नेकपाले देशमा परिवर्तन ल्याउन सक्छ भन्ने जनताको बिश्वास छ : शितल सी

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले नेकपाले देशमा परिवर्तन ल्याउन सक्छ भन्ने जनताको बिश्वास रहेको बताएका छन् ।

बिहिवार नेकपा पश्चिम दाङको तुलसीपुर-१५ कन्ज्वारमा करिव २ बिघा जमिनमा धान रोपाइँको उद्घाटन गर्दै नेता शितल सीले उक्त कुरा बताएका हुन् ।

धान रोपाइँमा संक्षिप्त मन्तव्य राख्दै नेता शितल सीले भने– ‘आम जनताको बुझाईमा आँफै श्रममा जोडिएको पार्टी नेकपा हो । यो पार्टीले देशमा परिवर्तन ल्याउन सक्छ भन्ने जनताको बिश्वास छ । हामिले जनताको बिश्वासलाई पूरा गरिछाड्ने प्रतिबद्धता गरेका छौँ । हामी कृषिप्रधान देशको खास नमुना दिन उत्पादन गरिरहेका छौँ ।’

पार्टीलाई आत्मनिर्भर , नेता-कार्यकर्तालाई आत्मनिर्भर र देशलाइ नै आत्मनिर्भर बनाउन खेती गरिरहेका छौँ , उनले थपे ,‘देशमा भएको बेरोजगारी समस्या हल गर्न कृषि उत्पादन मार्फत सम्भावना देखेको हुनाले खेतबारीमा नेता-कार्यकर्ता सबै श्रममा लागेका छौँ । देशलाइ रोजगारमुलक देशको रुपमा विकास गर्न खोजेका छौँ ।’

नेता शितलले असार १० गतेदेखी साउन १ गतेसम्म कृषि क्षेत्रमा काम गर्ने बताए । उनले थप भने – ‘अहिले धान ढाई बिघामा रोप्दैछौ भने बेलझुण्डिमा २५ बिघा ११ कठ्ठा जमिनमा दिर्घाकालिन ढंगले उत्पादन कार्यलाइ तिब्रता दिइरहेका छौ । तुलसीपुर-१४ मा ८ बिघा जमिनमा मकै खेती गरिएको छ । घोराहीमा ६ बिघामा धान खेतीको तयारी भइरहेको छ । देउखुरी लगाएत दाङ जिल्लाभरी यो वर्ष पार्टीले करिव ४५ बिघा जमिनमा कृषि उत्पादन कार्यलाई अगाडी बढाएको छ ।’

नेता शितलले सबै जग्गा भाडामा लिइएको साथै जग्गाधनी र आम जनताको नेकपाको उत्पादनप्रती सकारात्मक प्रतिक्रिया दिएको समेत बताए ।

यस्तै धान रोपाइँमा सहभागी नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले पार्टीको केन्द्रीय नीति अनुसार जिल्लामा उत्पादन कार्यलाइ अघि बढाएको बताए । उनले भने – ‘ कृषि उत्पादन मार्फत पार्टीका नेता-कार्यकर्ता आत्मनिर्भर हुँदै देशलाई समृद्ध बनाउने उद्देश्य हो ।’

श्रमबाट जिउन सिक्नुपर्छ भन्दै नेता प्रदिपले कम्युनिस्टहरुले श्रमलाइ बिश्वास गर्नुपर्ने बताए ।

अहिलेको उत्पादन एकीकृत जनक्रान्तिको कार्यदिशा भित्रको महत्वपूर्ण पाटो भएको समेत बताए ।

यस्तै युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली सीले अहिले पार्टीले गरिरहेको कृषि उत्पादन वैज्ञानिक समाजवादमा देशलाइ कसरी अगाडि बढाउछौँ भन्ने उदाहरण पनि भएको बताए ।

यो हामिले ल्याउन खोजेको वैज्ञानिक समाजवादको मोडेलका रुपमा पनि बुझ्न सकिन्छ , उनले थपे ‘चामल , दाल , तरकारी समेत खानलाइ बिदेशिको मुख ताक्ने परिपाटीको अन्त्य गर्नुपर्छ । परम्परागत कृषिमा विज्ञान र प्रबिधिलाई जोड्नुपर्छ । कृषीलाई आधुनिकरण गर्नुपर्छ । हामी आफ्नै श्रममा बाच्न सक्नुपर्छ।’

नेता पाटन जंगली सीले नेपालभरी पार्टीले करिव १०० बिघा जमिनमा धान खेती गरिरहेको जानकारी दिएका छन्।

नेकपा पश्चिम दाङको बिहिवारदेखि सुरु भएको धान रोपाइँमा सहभागी नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव बिकाश सी , पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पश्चिम दाङका सचिव निर्मल सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय महासचिव तिलक सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , नेकपाका स्कुलिङ बिभाग राप्ती ब्युरो प्रमुख रुद्र सी , नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी , सेक्रेटरी शिव सी , नेकपा बबई गाउँपालिका इन्चार्ज उज्वल सी , जनसेवक दाङका प्रमुख प्रतिरोध सी , अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम त्रिभुवन बिश्वबिद्धालयका इन्चार्ज अनिल सी लगाएतले प्रतिक्रिया दिदै उत्पादन मार्फत देशलाई अनिवार्य आत्मनिर्भर बनाउने संकल्प लिएको बताएका हुन् ।

धान रोपाइँमा करिव ५० जना पार्टीका नेता-कार्यकर्ता तथा स्थानीय जनताको समेत सहभागीता रहेको छ । धान रोपाइँ भोलिसम्म चल्ने पनि नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।