११ श्रावण २०८१, शनिबार

जनकल्याण माविमा नेकपा पश्चिम अछामद्वारा वृक्षरोपण 

0

अछाम। नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछामले जनकल्याण माध्यमिक विद्यालय साफेबगरमा वृक्षारोपण कार्यक्रम गरेको छ।शुक्रवार विहान नेकपाको आयोजनामा गरेको वृक्षारोपण कार्यक्रम सशस्त्र प्रहरी र विद्यालय परिवारको सहकार्यमा सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको उत्पादनमा नेकपा, जनतामा नेकपा अभियान अन्तरगत श्रमउत्सव २०८० को अवसरमा नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछामको आयोजनामा साफेबगर नगरपालिका वडा नं ४ मा रहेको जनकल्याण माध्यमिक विद्यालय परिसर भित्र वृक्षारोपण कार्यक्रम भएको थियो ।

वृक्षारोपण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मीना सी, नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा पश्चिम अछाम सचिव निरक सि, साफेबगरमा नगर उपप्रमुख शिव बहादुर कुँवर, विद्यालय प्रअ भिम बहादुर बुढा, शिक्षकहरू, नेकपा पश्चिम अछाम सल्लाहकार मिन सी, सशस्त्र प्रहरी बल खप्तड गुल्म सहित नेकपा कार्यकर्ता र विद्यार्थीहरुको उपस्थिति मा १०० बढी विभिन्न जातका विरुवाहरू आप, अम्बा, लिप्टीस, कल्कि फुल, कागती, किम्वु, अमला, अनार लगायतका विरुवाहरुको वृक्षारोपण गर्दै कार्यक्रम गरिएको थियो

साथै नेकपाले सशस्त्र प्रहरी बल खप्तड गुल्मलाई उपहार स्वरुप विरुवाहरु प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।