७ जेष्ठ २०८१, सोमबार

प्रेम बिबाह गरेको कारण मुकुन्द नेपालीको घरमा आगजनी गर्नु मानवता विरुद्धको अपराध

0

काठमाडौ / संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नंबर ४ गिडीखोलाका मुकुन्द नेपालीको घरमा आगजनी गरिनु मानवता विरुद्धको अपराध भएको भन्दै दोषी माथी कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसङ्ग माग गरेको छ।शुक्रबार संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको तर्फबाट ९ ओटा संगठनका प्रमुख /प्रतिनिधिहरुले एक संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै कारबाहीको माग गरेका हुन।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिद्वारा जारी बिज्ञप्तीमा एक स्थानीय महिलासङ्ग प्रेम बिबाह गरेको कारण मुकुन्द नेपालीको घरमा आगजनी गरिनु मानवता विरुद्धको अपराध भएको भन्दै भनिएको छ:”यो घट्ना एकजना दलित युवा र परिवारमाथि गरिएको अपराध मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत चेतना, मूल्यमान्यता र मानवता विरुद्धकै गम्भिर अक्षम्य अपराध हो”

विज्ञप्तीमा -“घरमा आगजनी गर्ने हिम्मत गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको भनिएपनि विभिन्न वहानामा घटनालाई अर्कैतर्फ मोडेर ढाकछोप र सामसुम पार्ने प्रयास गर्न खोजिएको,मुकुन्द नेपाली र वसन्ती गिरीको सुरक्षा गर्न र आगजनीबाट भएको घर र धनमालको क्षेतिपूर्ति दिन, पिडितलाई न्याय प्रदान गर्न र गिडीखोला वस्तीका २८ घरधुरी दलितको पूर्ण सुरक्षा प्रदान गर्न गर्न जोडदार माग गर्दछौं ” भनिएको छ।

त्यस्तै विभिन्न ९ ओटा संघ/ संगठनहरुले” गोरखा आरुघाट गाउँपालिकाका सन्तोष नेपाली र धादिङ निलण्ठ नगरपालिकाकी बविता श्रेष्ठबिचको अन्तरजातीय विवाह भएको २ महिनापछि जातीय कारणले जवरजस्ती करणीको झुठ्ठा मुद्दामा फसाइएको ,बैतडी, कास्की, सिराह,दाङ लगायत देशका विभिन्न भागमा एकपछि अर्को श्रृंखलावद्ध रुपमा दलितहरुमाथि जातीय भेदभावका घट्ना घटाइनु र झुट्ठा मुद्दामा फसाउने कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको” समेत बताइएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।