२७ बैशाख २०८१, बिहीबार

डोटीमा ६ रोपनी जग्गामा नेकपाको भटमास खेती 

0

डोटी । नेपाल कम्युनिस्ट पार्टी डोटीले भटमास खेती सुरु गरेको छ । पार्टीको उत्पादन सित जोडिनुपर्ने केन्द्रीय नीति अन्तर्गत जिल्ला पार्टीले पूर्वीचौकी गाउँपालिका ०५ मा करिब ३ रोपनी जमिनमा भटमास लगाउने कार्य गरेको नेकपा डोटीले जनाएको छ।

नेकपा डोटी जिल्ला इन्चार्ज विमल सी लेआफ्नो पार्टीले डोटीमा भटमास खेती गर्न लागेको बताएका छन । उनले भने , “ करिब ३ रोपनी जमिनमा भटमास लगाउने कार्य सम्पन्न भएको छ र अझै ३/४ रोपनी जग्गामा भटमास लगाउने तयारी हुँदै छ ।” पार्टीले लिएको आत्मनिर्भरताको नीति अन्तर्गत श्रम र उत्पादनलाई बढावा दिने र देशमै रोजगारी सिर्जना गरी युवाहरुको विदेश पलायन रोक्ने योजना रहेको इन्चार्ज विमल बताउँछन । देशमा श्रम संस्कृतिको विकास गरी कृषि खेतीलाई विकास र समृद्धि जोड्नुपर्ने उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।