२८ बैशाख २०८२, आईतवार

हाम्रो विद्यालय राम्राे विद्यालय अभियान सुरु गर्दै अखिल (क्रान्तिकारी) रोल्पा

0

रोल्पा। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रोल्पाले हाम्रो विद्यालय राम्राे विद्यालय अभियान सुरु गरेको छ। शुक्रवार रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयबाट संगठनले उक्त अभियानको उद्घाटन गरेको हो।

विद्यालय परिसरमा वृक्षरोपण गर्दै सुरु गरिएको कार्यक्रमा अखिल (क्रान्तिकारी) पूर्वी रोल्पा जिल्ला संयोजक सिज सी, संगठनका गाउँ कमिटी अध्यक्ष मन सी,विद्यालयका ब्यबस्थापन अध्यक्ष भिम प्रकास,विद्यालयका फुलबारी संरक्षक संयोजक देउमन लगायतको सहभागिता रहेको थियो।

उक्त अभियानलाई गाउँपालिकाका सबै विद्यालयमा पुर्याउने संगठनका गाउँ कमिटि अध्यक्ष मन सी ले बताएका छन्।

 

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।