२८ बैशाख २०८१, शुक्रबार

बीबीएमा बागलुङको धवलागिरि क्याम्पस देशकै उत्कृष्ट

0

बागलुङ / जिल्लाको धौलागिरी बहुमुखी क्याम्पस बागलुङले त्रिभुवन विश्वविद्यालयले लिएको बीबीए सातौं सेमेस्टरको परीक्षामा अरु क्याम्पसहरुलाई पछि पार्दै नेपालभरमै उत्कृष्ट नतिजा हासिल गरेको छ ।

धौलागिरी बहुमुखी क्याम्पसको पहिलो ब्याच सातौं सेमेस्टरमा सहभागी छात्रा प्रतिक्षा गौतमले ४ जिपीए अंक ल्याउँदै त्रिभुवन विश्वविद्यालयमा पहिलो बनेकी हुन् । प्रतिक्षाको नतिजासँगै क्याम्पस देशभरमा नै पहिलो बन्न सकेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जनपत्रिका डटकमलाई बताए ।

धौलागिरी बहुमुखी क्याम्पसबाट परीक्षामा सहभागी २८ जना विद्यार्थी नै उत्कृष्ट नजिता सहित परीक्षामा उत्तीर्ण भएका छन् ।

अधिकांश विद्यार्थीको ३.८५ जिपीए भन्दा माथि अंक आएको प्राध्यापक जोन बज्राचार्यले बताए । उनका अनुसार सबैभन्दा कम अंक ल्याउनेले ३.७७ जिपीए अंक ल्याएका छन् । क्याम्पसले बीबीए कक्षा सुरुवात गर्दादेखिनै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।