२५ मंसिर २०८१, मंगलवार

बाँदरबाट मानिसतर्फ संक्रमणमा श्रमको भूमिका

0

राजनैतिक अर्थशास्त्रीहरू भन्छन्, श्रम सारा धन सम्पत्तिको श्रोत हो । प्रकृतिले भौतिक पदार्थहरू प्रदान गर्छ र यसलाई श्रमले धनमा फेर्छ; त्यसैले प्रकृतिपछि श्रमको दोश्रो ठाउँ रहन्छ । तर श्रम सम्पत्तिको स्रोतभन्दा पनि असीमित रूपमा बढी महत्वको वस्तु हो । यो सारा मानवीय अस्तित्वको लागि प्राथमिक आधारभूत शर्त हो र कति हदसम्म भने एक अर्थमा हामीले यो भन्नु पर्ने हुन्छः श्रमले नै मानवताको सृष्टि गयो ।

लाखौं लाख वर्षअघि, पृथ्वीको इतिहासको अझसम्म रहेको अनिश्चित युगमा, जसलाई भूगर्भ शास्त्रीहरू तेस्रो युग (Tertiary Period) भन्दछन् । धेरै संवभ छ त्यस युगको अन्ततिर, उष्ण कटिबन्धको कुनै भागमा, संभवत: अहिले हिन्द महासागरमा बिलाइसकेको ठूलो महाद्धीपमा मानव-सदृश्य बानरहरूको एक खास, अति विकसित जाति बस्दथ्यो । डार्विनले हाम्रा यी पुर्खाहरूको ठीक वर्णन गरेका छन् । उनीहरूको पुरै शरीर रौंले ढाकिएको थियो, उनीहरूका जिउमा दाढी र कुच्चे कानहरू थिए र उनीहरू हुल बाँधेर रूखमा बस्थे ।

उनीहरूको जीवन प्रणालीले गर्दा उक्लने चढ्ने क्रियामा उनीहरूको हातको काम खुट्टाबाट भिन्नै हुनगयो । उक्त जीवन प्रणालीको तात्कालिक परिणाम स्वरूप यी बानरहरूले सम्म जमीनमा हिंड्दा आफ्नो हातको सहयोग लिन छोड्ने र झन झन सोझो भएर हिंड्ने बानीं लिन थाले । बादरबाट मानिसतर्फ हुने संक्रमणमा यो एउटा निर्णायक पाइलो थियो ।

अचेलका सबै मानवरूपी बाँदरहरू सोझो उभेर दुई खुट्टाले मात्र डुलफिर गर्न सक्दछन्, तर उनीहरू यो असाध्य खाँचोको अवस्थामा भद्दा तरिकाले गर्छन् । उनीहरूको हिंडाइको स्वाभाविक स्थिति अर्ध-सोझो रहेको हुन्छ र उनीहरू हिंड्दा हातको उपयोग पनि गर्छन् । उनीहरूमध्ये धेरै जना आफ्नो पंजाको जोर्नीहाडले भूईमा टेकेर, खुट्टा नभएको कुनै मान्छे लठ्ठीको सहाराले हिंडे झैं खुट्टा तन्काई आफ्ना लामा पाखुराहरूबाट शरीर हल्लाउँदै हिंड्छन् ।

सामान्यतः चार खुट्टाको हिंडाइदेखि दुई खुट्टाको हिंडाइसम्ममा जति पनि संक्रमण- चरणहरू छन्, ती सबै हामी आज पनि बाँदरहरूमा देख्न सक्छौं । तर उनीहरू मध्ये कसैले पनि दुई खुट्टाको हिंडाइलाई क्षणिक खाँचोको रूपमा बाहेक प्रयोग गरेका छैनन् ।

रौंले ढाकिएका हाम्रा पुर्खाहरूका लागि सोझो भएर हिंड्ने तरीका पहिले नियम र समयको क्रममा एउटा खाँचो बन्नुभन्दा अघि त्यस बीचमा हातले गर्नु पर्ने झनझन बढ्ता कामहरू आइपरेको हुनुपर्छ । बादरहरूमा पनि हात र खुट्टाको उपयोगमा कुनै विभाजन भैसकेको हुन्छ । माथि उल्लेख गरिए झै, रूख चढ्दा हात र खुट्टाको उपयोग भिन्नाभिन्नै ढंगले हुन्छ । हातको काम मुख्य रूपमा आहार जम्मा गर्नु र समात्नु हो र यो कुरा तल्लो स्तरका स्तनधारी जनावरहरूमा पनि पाइएको छ । धेरै बादरहरू आफ्ना लागि रूखमा गुँड बनाउन र चिम्पान्जी (Chimpanzee) झैं मौसमबाट जोगिनका लागि रूखका हाँगाहरूको बीचमा छानाहरू बनाउन समेत हातको उपयोग गर्छन् ।

शत्रुहरूबाट आफ्नो बचाउ गर्न उनीहरू आफ्नो आफ्नो हातले लठ्ठी समात्छन्, अथवा शत्रुहरू माथी फल र ढुंगाहरू फाल्छन् । बन्दी अवस्थामा उनीहरू मानिसको नक्कल गरी आफ्ना हातले कतिपय साधारण कामहरू गर्छन् । तर यहीं आएर हामीलाई अति विकसित मानव-रूपी बाँदरको अविकसित हातमा र लाखौं वर्षको श्रमद्धारा उच्चस्तरमा विकसित मानवीय हातमा कत्रो फरक रहेको छ भन्ने कुरा थाहा हुन्छ । दुवैमा हाड र मांसपिण्डहरूको संख्या र सामान्य प्रबन्ध उस्तै छन्, तर सबभन्दा तल्लो स्तरको असभ्य मानिसको हातले त्यस्ता सयौं क्रियाहरू गर्न सक्छ जसको नक्कल कुनै पनि बाँदरको हातले गर्न सक्दैन । बादरको हातले त सबभन्दा भद्दा ढुङ्गे चक्कु समेत पनि बनाउन सक्दैन ।

तसर्थ, बादरबाट मानिसमा संक्रमण हुनको निम्ति लागेको हजारौ वर्षको समयमा हाम्रा पुर्खाहरूको हातले जुन कामहरू गर्न सिके ती निकै साधारण काम मात्र हुन सक्दथे । सबभन्दा तल्लो स्तरका असभ्य मानिसहरू, एक साथ कुनै शारीरिक पतन हुन गएमा, बढ्ता जनावर जस्तो अवस्थामा पुग्न जाने मानिसहरू पनि संक्रमण-कालका यी प्राणीहरूभन्दा धेरै नै माथि छन् । मानवीय हातले सर्वप्रथम पत्थरबाट चक्कु बनाउनुभन्दा अघि एउटा यस्तो लामो समय गुज्रिसकेको हुनुपर्छ, जसको तुलनामा हामीलाई थाहा भएको ऐतिहासिक काल महत्वहीन देखा पर्छ । तर यो एउटा निर्णायक पाइलो थियो: हात मुक्त भयो र अब उप्रान्त हातले झनझन बढ्ता दक्षता र कुशलता प्राप्त गर्न सक्ने भयो र यसरी प्राप्त गरिएको गुण सन्तानमा सर्दै र देखापर्दै गयो ।
यसरी

हात श्रमको अंग [साधन] मात्र होइन, श्रमको उपज पनि हो । श्रमद्धारा, हातलाई नौला नौला कामहरू गर्न लायक पारेर, मांसपिण्ड, नसा र अधिक लामो समयावधिमा, हाडहरूको प्राप्त विशेष विकासलाई भावी सन्तानहरूले ग्रहण गरेर र पुर्खाहरूबाट प्राप्त उक्त कार्य क्षमतालाई नौला, झनझन अप्ठ्यारा कामहरू गर्नमा प्रयोग गरेर मात्र मानवीय हातले यस्तो उच्च स्तरीय पूर्णता प्राप्त गरेको छ,

जसले गर्दा यसले जसले गर्दा यसले राफलका चित्रकला, थोर्वादसेनको मूर्तिकला र पागानिनिको संगीतलाई जन्माउन सकेको छ ।
तर हात एउटा छुट्टै चीज थिएन । यो एउटा सिंगै निकै जटिल शरीरको एक हिस्सा मात्र थियो र जुन कुराले हातलाई फाइदा गर्‍यो त्यसले मानिसको पूरै शरीरलाई पनि फाईदा गर्यो । यो फाईदा दुई ढङ्गबाट भएको छ ।

पहिलो हो, डार्विनको भनाइ अनुसार, वृद्धिको पारस्परिक सम्बन्धको नियमको परिणाम स्वरूप उक्त नियम, अनुसार कुनै जीवन वैयक्तिक किस्साहरूका खास रूपहरू, तिनसित प्रष्ट सम्बन्ध नराख्ने अरू हिस्साहरूका कुनै रूपहरूसित सदा जोडिएका हुन्छन् । यसरी जुन जनावरहरूमा कोश जीव-केन्द्ररहित राता रक्त कोशहरू हुन्छन् र जसको मष्तिकको पछिल्लो हिस्सा दोब्बर जोर्नीद्धारा पछिल्लो पृष्ठवंशं [Verbra] सित जोडिएको हुन्छ’ ती सबै जनावरहरूमा आफ्ना बच्चाहरूलाई दूध चुसाउने दुग्ध नालहरू हुन्छन् । त्यस्तै प्रकारले, स्तनधारी जनावरहरूका फाटेका टापहरूको पागुर [rumination] का लागि बहुअगीय पेटको अस्तित्वसित नियमित सम्बन्ध रहेको हुन्छ ।

शरीरको कुनै हिस्साका कुनै रूपहरूमा जुन परिवर्तन हुन्छ, त्यसले त्यसका अरू हिस्साहरूको रूपमा पनि हेरफेर ल्याउँछ, तर हामी यस सम्बन्धलाई व्याख्या गर्न सक्दैनौं । नीलो आँखा भएको पूरै सेतो बिरालो सदा अथवा प्रायः गरी बहिरो हुन्छ ।

मानवीय हातको बिस्तार बढ्दो पूर्णताले र सोझो भएर हिंड्नका लागि खुट्टाहरूको समानान्तर विकास र परिस्थिति र वातावरण अनुकूल आफूलाई ढाल्ने क्षमताले [adaptation] र उपरोक्त पारस्परिक सम्बन्धले गर्दा शरीरका अरू भागहरूमाथि प्रभाव पारेको कुरामा शंका छैन । तर अहिलेसम्म यस क्रियाको अनुसन्धान नगन्य मात्रामा भएको हुनाले हामी अहिले यसलाई सामान्य रूपमा मात्र बताउन सक्छौं ।

शरीरका अरू अंगहरूमाथि हातको विकासले जुन ठाडो, दृश्यगत प्रभाव पायो त्यो निकै महत्वपूर्ण छ । पहिले भनिए झैं, हाम्रा बॉन्दर-रूपी पूर्वजहरू हुलमा बस्दथे । प्रष्ट कुरा के भने जनावरहरूमा सबभन्दा सामाजिक प्राणी, मानिसको विकास झुण्डहीन तात्कालिक पूर्वजहरूबाट हुन असंभव छ । हातका विकास सँग सँगै श्रमका साथ साथै प्रकृतिमाथि मानिसको अधिपत्य शुरू भयो र उक्त अधिपत्यतर्फ गरिएको प्रत्येक नौलो प्रगतिले मानिसको दृष्टिलाई फराकिलो पारिदियो । प्राकृतिक वस्तुहरूका तबसम्म अज्ञात नौला नौला गुणहरूलाई मानिसले निरन्तर रूपमा पत्ता लगाउँदै गयो । अर्कोतिर, श्रमको विकासले पारस्परिक सहयोग र संयुक्त कामको दृष्टान्तलाई बढाउँदै र यस्तो

कारबाईको फाईदा सबैलाई प्रष्ट पार्दै समाजका सदस्यहरूलाई झनझन नजीक ल्याउनमा आवश्यकीय रूपले सघाउ गर्‍यो। सारांशमा, विकासको क्रममा मानिस त्यस अवस्थामा पुग्यो जहाँ उनीहरूले एकले अर्कोलाई केही भन्ने कुरा पाए । यस खाँचोले उसका इन्द्रियलाई सिर्जना गन्यो, स्वर परिवर्तनद्वारा बाँन्दरको अविकसित घाँटी [larynx] झनझन विकसित स्वर-परिवर्तनको लागि बिस्तारै तर इन्द्रियहरूको बिस्तार बिस्तार एकपछि अर्को प्रष्ट अक्षरको उच्चारण गर्न सिके ।

जनावरहरूसित तुलना गर्दा प्रमाणित हुने कुरो के भने श्रमको विकास सँग सँगै र श्रमको दृष्टिबाट भाषाको उत्पति विषयक उक्त व्याख्या एकमात्र सही व्याख्या हो । उच्चतम रूपमा विकसित जनावरहरूको पनि परस्परमा भन्नुपर्ने कुराहरूलाई प्रष्ट बोलीको सहारा नलिइकन पनि भन्न सकिन्छ । प्राकृतिक अवस्थामा हुँदा कुनै पनि जनावरले बोल्न नसकेकोमा वा मानिसको बोली बुझ्न नसकेकोमा कुनै बाधाको अनुभव गर्दैन । तर त्यै जनावरलाई मानिसले पालेपछि सर्वथा भिन्नै कुरो हुन्छ ।

मानिसको सहवासमा रहँदा कुकुर र घोडाले प्रष्ट बोली सुन्न निकै राम्रो कानको विकास गरेका हुन्छन्, जसले गर्दा उनीहरू आफ्नो विचार सीमाभित्रको कुनै पनि भाषालाई सजिलैसित बुझ्न सक्छन् । यस बाहेक अर्को कुरो के भने आफूलाई पहिले थाहा नभएका गुणहरू, जस्तै मानिसप्रति स्नेह, कृतज्ञता आदि भावनाहरूलाई प्राप्त गर्ने क्षमता उनीहरूले आफूमा विकसित पारेका छन् । यस्ता जनावरहरूसित घनिष्ट सम्बन्ध भएको पनि के कुरालाई अस्वीकार गर्दैन भने अहिले धेरै मामिलाहरूमा उनीहरू आफूले बोल्न नसकेको कुरालाई एउटा अवगुण ठान्छन्, तर दुर्भाग्यको कुरो के भने उनीहरूका स्वर-सम्बन्धी इन्द्रियहरूको विकास कुनै निश्चित दिशामा विशिष्ट ढङ्गबाट भइसकेको हुनाले उक्त अवगुणलाई हटाउन सकिंदैन । तर इन्द्रिय विद्यमान छ भने केही हदसम्म उक्त असमर्थता पनि बिलाएर जान्छ । चराहरूका गला सम्बन्धी [voccal] अंगहरू मानिसका अंगहरूबाट अवश्य पनि मूल रूपमा फरक छन् तर चराहरू नै बोल्न सिक्न सक्ने एकमात्र प्राणी हुन् र सबभन्दा प्रिय स्वर भएको चरा, अर्थात् सुगा सबैभन्दा राम्ररी बोल्छ । आफूले बोलेको कुराको अर्थ सुगाले बुझ्दैन भन्ने कुरा कसैले नउठाओस् ।

के कुरो साँचो हो भने मानिसहरूको सहवासमा र उनीहरूसँग कुरा गर्नमा आनन्द लिन सुगा आफ्ना साना शब्दहरूलाई एकनास दोहराई र नअडीकन घण्टौंसम्म कराउँछ । तर आफ्नो विचार-सीमाभित्र यसले आफूले बोलेका कुराहरू सिक्न पनि सक्छ । शब्दको अर्थ बुझिने ढङ्गबाट सुगालाई गालीका शब्दहरू सिकाउनु होस् (यो उष्ण प्रदेशबाट फर्कने जहाजीहरूको ठूलो आनन्द लिने एउटा साधन हो) र अनि यसलाई सास्ती दिनुहोस् । अनि चाँडै नै के कुरा थाहा हुन्छ भने यसलेबर्लिनको फलविक्रेताले भै शुद्धसित आफनो गालीका शब्दहरूको प्रयोग गर्न जानेको छ । त्यस्तै प्रकारबाट यसले मिठो खाना माग्न पनि जानेको हुन्छ ।

पहिले श्रम, त्यस पछि र त्यसको सँगसँगै प्रष्ट बोली यी दुई यस्ता बहुतै आवश्यक प्रेरणाहरू थिए जसको प्रभावबाट बादरको मगज मानिसको मगजमा क्रमशः परिवर्तित भयो । दुबैका मगजहरू उस्तै भएता पनि मानिसको मगज निकै ठूलो र बढी परिपूर्ण छ । मगजको विकासको साथ साथै त्यसका तात्कालिक साधनहरू अर्थात् ज्ञानेन्द्रियहरूको विकास पनि हुँदै गयो । जरूरी बोलीको विकासको सँगसँगै त्यै अनुरूपमा श्रवणेन्द्रियको विकास पनि जस रूपबाट हुन्छ, त्यसरी नै पूरै मगजको विकासका सँगसँगै सबै इन्द्रियहरूको विकास पनि हुन्छ ।

चीलले मानिसले भन्दा निकै टाढासम्म देख्छ, तर मानवीय आँखा कुनै चीजमा चीलको आँखाले देखेको भन्दा निकै बढ्ता कुरा देख्छ । कुकुरको सुध्ने शक्ति मानिसको भन्दा तीक्ष्ण छ तर त्यसले बास्नाको एक प्रतिशत अंशलाई: छुट्याउन सक्दैन तर यी बास्नाहरू मानिसका लागि भने भिन्ना भिन्नै चीजहरूलाई छुट्याउने निश्चित लक्षणहरू हुन्छन् । बन्दिरमा मुश्किलले मात्र स्पर्श-ज्ञान भद्दा प्रारम्भिक रूपमा हुन्छ र यो ज्ञानको विकास पनि श्रमको माध्यमबाट मानवीय हातको विकास सँगसँगै मात्र भएको छ ।

मगज र यस सीमा सम्बन्धित ज्ञानेन्द्रियहरूको विकास, चेतनाको बढ्दो प्रष्टता, चिन्तन, र विचारनिर्णयको शक्ति यी सबले श्रम र बोलीमाथि जुन प्रभाव पारे त्यसले श्रम र बोलीको अरू विकास गर्नमा नौलो प्रेरणा दियो । मानिस बाँन्दरबाट अन्तिम रूपले फरक भइसकेर पनि यो बढ्दो विकासको अन्त भएन तर त्यस बेलादेखि, केही स्थानीय वा सामयिक पतनको कारणबाट रोकिनु परे पनि, उक्त विकासले भिन्न-भिन्न जनसमुदायहरूमा र भिन्न-भिन्न बेलाहरूमा मात्रा र दिशामा फरक हुँदै शक्तिशाली प्रगति गर्दै गएको छ । पूर्ण विकसित मानिस प्रकट भएपछि जुन नौलो तत्व, अर्थात् समाजको जन्म भयो त्यसले उक्त बढ्दो विकासलाई बलियोसित अगाडि धकेलेको छ र त्यसलाई बढी निश्चित दिशातर्फ बढाएर लगेको छ ।

रूख चढ्ने बान्दरहरूको हुलबाट मानव समाजको उदय हुन पक्कै पनि लाखौं वर्षको समय लाग्यो र यो समय पृथ्वीको इतिहासमा मानव जीवनको एक सेकेण्डभन्दा बढी महत्वपूर्ण छैन । जे होस्, अन्तमा मानव समाजको जन्म भयो । बान्दरहरूको हुल र मानव समाज बीच खास भिन्नताको रूपमा हामी फेरी उही कुरो पाउँछौं श्रम । बान्दरको डफ्फाले भौगोलिक अवस्थाहरूद्वारा वा नजिकै रहेका अरू डफ्फाहरूको प्रतिरोधद्धारा तोकिएको जग्गामा पाइने आहारा खानुबाहेक अरू केही गर्न सक्दैन । यसले नौला नौला जग्गाहरू कब्जा गर्न हिंड्ने र संघर्ष गर्ने गर्दथ्यो । तर आफ्नो मलमूत्रले नजानी नजानी माटोको उब्जाउ शक्ति बढाउनु बाहेक, प्रकृतिको आफ्नो स्वाभाविक अवस्थाले दिएको भन्दा बढी लिन सक्ने यसको सामर्थ्य थिएन । आहारा पाइने सबै जग्गाहरूमा कब्जा भइ सक्ने बित्तिकै बान्दरहरूको संख्यामा वृद्धि हुन सकेन, हद भए, त्यो संख्या स्थिर रहन सक्दथ्यो । तर सबै जनावरहरू धेरै खाद्य पदार्थको नोक्सानी गर्छन् र त्यसमा पनि उनीहरू खाद्य पदार्थको पूर्ति गर्ने, चीजहरूलाई गर्भेमा नष्ट पार्छन् । हुँदारले अर्को साल पाठा ब्याउने मृगिनीलाई बचाएर राख्दैन, जुन काम एउटा शिकारीले गर्दछ । ग्रीसमा बोकाहरूले कलिला झारपातहरूलाई राम्ररी बढ्नु अघि नै खाएर देशका सबै पहाडहरूलाई नाङ्गो पारेका छन् ।

जनावरहरूको यस लुटाहा अर्थतन्त्रले गर्दा उनीहरू आफूले खाने गरेका खाद्य पदार्थ सिद्धिन जानाले अर्कै चीज खाएर जीवन निर्वाह गर्न बाध्य हुन्छन् र यसरी उक्त “लुटाहा अर्थतन्त्रले प्राणी-विशेषको क्रमिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ ।

नयाँ चीजहरू खाने गर्नाको फलस्वरूप उनीहरूको रगतमा भिन्नै रासायनिक तत्वहरू हुन्छन् र उनीहरूको पूरै शारीरिक बनौटमा बिस्तार विस्तार परिवर्तन हुन्छ, तर पहिलेका जनावरहरू मरेर जान्छन् । त्यसैले यस लुटाहा अर्थतन्त्रले बाँन्दरबाट मानिसतर्फको संक्रमणमा बलियो देन दिएको छ भन्ने कुरामा कुनै शंका छैन ।

बॉनरहरूको जुन जाति वृद्धिमा र परिस्थिति मिल्दो बन्ने क्षमतामा अरू जातिहरू भन्दा निकै अघि बढेको थियो, त्यस जातिमा उक्त लुटाहा अर्थतन्त्रले गर्दा खाद्य पदार्थको लागि प्रयोग गरिएका विरूवाहरूको संख्यामा लगातार वृद्धि हुन गयो र उक्त विरुवाहरूका खानयोग्य भागहरूलाई झनझन बढता मात्रामा खाइने भयो । सारांशमा भन्ने हो भने, उक्त अर्थतन्त्रले गर्दा खाद्य पदार्थ झन झन बढता विविध हुन गयो, यसैले शरीरमा पस्ने तत्वहरू पनि विविध भए र यसले गर्दा मानिसमा संक्रमणका लागि रसायनिक आधारहरू तयार भए । तर यो सबलाई अझै उचित अर्थमा श्रम भन्न सकिदैन । श्रम त ज्यावलहरू बनाउने कामका साथ साथ शुरू हुन्छ । त्यसपछि कुरा उठ्छ- पत्ता लागेका प्राग ऐतिहासिक मानवका जंगम सामानहरूको जाँचबाट र सबभन्दा आदिम समकालीन असभ्य मानिसहरूको जीवन-प्रणालीको जाँचबाट थाहा पाइएका सबभन्दा प्राचीन ज्यावलहरू के के हुन् त ? ती शिकार खेल्ने र माछा मार्ने ज्यावल हुन् र शिकार खेल्ने ज्यावलहरू हतियारको रूपमा पनि प्रयोग गरिन्छन् तर शिकार खेल्ने र माछा पार्ने कुरोबाट के कुरा प्रष्ट हुन्छ भने एक मात्र शाकाहारी भोजनको सट्टामा मासुको पनि प्रयोग भएको छ र यो मानिसतर्फ संक्रमणमा अर्को प्रमुख पाइला थियो ।

शरीरभित्र भोजनलाई जीवित पदार्थमा बदल्न चाहिने निकै आवश्यक तत्वहरू मासुको खानामा प्रायः तयार अवस्थामा रहेका हुन्छन् । पाचन कृयाको लागि मात्र होइन, वनस्पति जीवनका शारीरिक प्रकृयाहरूको अनुरूपमा प्रकृयाहरूका लागि पनि चाहिने समयलाई यसले छोटयाइदियो । यस प्रकारबाट, उचित अर्थमा जनावर जीवनको सक्रिय अभिव्यक्तिको लागि यसबाट बढ्ता समय, सामग्री र इच्छा प्राप्त भयो ।

जति बढ्ता मात्रामा बन( निर्मित मानव बनस्पति दुनियाँबाट टाढा भयो, त्यति बढ्तामात्रामा उ जनावरबाट पनि माथि उठ्यो ।

जसरी मासुको साथ साथै सागपात पनि खाने बानीले जंगली विरालो र कुकुरलाई मानिसको नोकरमा बदलिदियो, त्यसले नै सागपातको साथ साथै मासु पनि खाने जुन बानी मानिसलाई पर्‍यो त्यसले वन-निर्मित मानवको शारीरिक बल र स्वतन्त्रतालाई बढाउनमा निकै सघाउ पुऱ्यायो । मांसाहारीको सबभन्दा ठूलो प्रभाव मगजमाथि पर्यो र अब मगजले आफ्नो पुष्टयाई र विकासका लागि चाहिने पदार्थहरू निकै बढ्ता मात्रामा पार्‍यो र त्यसैले यसले एक पुस्ताबाट अर्को पुस्तामा अझ चाँडै र पूर्णरूपमा विकास गर्न सक्यो । शाकाहारीहरूलाई आदर गर्दा गर्दै पनि के कुरालाई मान्नै पर्छ भने मांसाहारी विना मानिसको जन्म भएको थिएन र मासु खाने बानीले गर्दा हामीलाई थाहा भएका सबै जातिहरूमा कुनै समयमा मानिसको मासु खाने चलन चलेको होस् तापनि (बर्लिनवासीहरूका पूर्वजहरू, वेलेतावियाली वा विल्जयालीहरू दशौं शताब्दीसम्म पनि आफ्ना आमा बाबुको मासु खाने गर्दथे) त्यो कुरा आज हाम्रो निम्ति महत्वहीन छ ।

माँसाहारीबाट निर्णायक महत्वका दुईवटा नौला प्रगति भए । आगोको प्रयोग र पशु-पालन । आगोको प्रयोगले खानु भन्दा पहिले नै आधा-पचिसकेको खाना पुऱ्याएर मानिसको पाचन-क्रियालाई अझ छोट्याइदियो । पशुपालनले शिकार खेल्ने काम बाहेक मासुको अर्को नयाँ, बढी नियमित श्रोत खोली दिएर निकै बढ्ता परिणाममा मासु पाइने बनायो र, त्यो बढ्ता कुरो के भने, यसबाट बनौटमा मासु जतिकै बहुमूल्य नयाँ खाना, अर्थात् दूध र त्यसका उपजहरू पनि प्राप्त भयो । यसरी उक्त दुई कुराहरू ठाडो रूपमा मानवमुक्तिका नौलो साधन बने । ती मानिस र समाजको विकासका लागि ठूलो महत्वका छन्, तर तिनका अप्रत्यक्ष प्रभावहरूको पूरा वर्णन गर्दा हामी धेरै पर पुग्नेछौं ।

खान हुने हरेक चीजलाई खान सिके जस्तै मानिसले जस्तो सुकै हावा- पानीमा रतिन, पनि सिके । बस्न हुने सबै ठाउँहरूमा मानिस फैलिएर गयो र स्वयं आफैले त्यसो गर्न सामर्थ्य राख्ने जनावर मानिस मात्र थियो । पाल्तु जनावर, उडुस, उमियाँ जस्ता अरू प्राणीहरू सबै किसिमको हावापानीमा रहन सकेका छन् भने पनि उनीहरू स्वतन्त्र ढङ्गबाट त्यस्ता भएका होइनन् तर मानिसको पछि लागेर मात्र यसो भएका हुन् । एकनासले गर्मी हावापानी भएको आफ्नो मूल वासस्थान छोडेर पालैपालोसँग जाडो र गर्मी हुने ठण्डी प्रदेशहरूमा जब मानिसले प्रवेश गयो तब उसलाई नौला नौला कुराहरूको खाँचो पयो । ठण्डी र सर्दीबाट सुरक्षित हुन आश्रय र वस्त्रहरू, श्रमका लागि नयाँ क्षेत्रहरू र त्यसैले नौला ढङ्गका गतिविधिहरू । यसले गर्दा मानिस भन बढी मात्रामा जनावरहरूबाट अलग भयो ।

हात, बोलीका इन्द्रियहरू र मगजको सहयोगबाट मानिसहरू झनझन अप्ठ्यारा कामहरू गर्न र झनझन उच्चउद्देश्यहरूलाई आफ्नो सामु राखी तिनलाई प्राप्त गर्न समर्थ भए । एक पुस्ताबाट अर्को पुस्तामा श्रम फरक-फरक, अझ बढी पूर्ण र अझ बढी विविध हुँदै गयो । शिकार, पशुपालन र कृषि पनि थपियो र अनि धागो कात्नु, लुगा बुन्नु, धातुको काम गर्नु, भाँडाकुँडा बनाउनु डुङ्गा चलाउनु, आदि कामहरू थपिंदै गए । व्यापार र उद्योगको साथसाथै अन्तमा कला र विज्ञानको उदय भयो । जाति (Tribe) बाट राष्ट्र र राज्यहरूको विकास भयो । कानून र राजनीतिको जन्म भयो र त्यसका साथै, मानवीय चीजहरूको मानवीय ममता परेको काल्पनिक प्रतिविम्व, अर्थात् धर्म देखायो ।

ती सबै सिर्जनाहरूले प्रथम त मनको उपजको रूपमा देखा परेर मानव समाज माथि प्रभुत्व जमाएको जस्तो देखियो र तिनको सामु श्रमजीवी हातका उत्पादनहरू पछिल्तिर परे । बढ्ता मात्रामा यसो हुनजानाको कारण के थियो भने समाज विकासको शुरू शुरूको अवस्थामा नै (अर्थात साधारण परिवारमा नै) श्रमलाई आयोजित गर्ने मनले सो आयोजित श्रमलाई आफ्नै हातबाट नगरी अरूको हातबाट गराउन सक्यो । सभ्यताले जुन छिटो प्रगति गर्यो त्यसको सारा श्रेय दिमागलाई, मगजको विकास र क्रियालाई दिइयो । मानिसहरू आफ्ना खाँचोहरूको (जुन खाँचोहरू सबै स्थितिमा, दिमागमा प्रतिविम्बित हुने गर्छन् र दिमाग मार्फत नै जसको प्रत्यक्षीकरण गरिन्छ) आधारबाट होइन, आफ्ना बिचारको आधारबाट आफ्नो कामहरूको व्याख्या गर्नमा अभ्यस्त भएर यसरी समयको क्रममा त्यस्तो आदर्शवादी विश्व-दृष्टिकोणको उदय भयो, जसले खास गरी प्राचीन जगतको पतन भए देखिन् मानिसको मनमाथि प्रभुत्व जमाएको छ । अझ पनि यसको कत्तिको प्रभुत्व छ भने डार्विनवादी मतका सबभन्दा भौतिकवादी प्राकृतिक वैज्ञानिकहरूले यो अवस्थामा पहिलेका परिणामहरूलाई खतम पार्छन् ।

मेसोपोटामिया ग्रीस, एशिया माइनर र अरू ठाउँहरूमा खेतीयोग्य जग्गा बनाउन जङ्गललाई पूरै मासे । त्यसबेला उनीहरूको सपनामा पनि कहिल्यै न देखेको कुरो के थियो भने यसरी जङ्गल मास्नुका साथै नरम माटोको संग्रह हुने केन्द्र र मुहानहरूलाई हटाई उनीहरू उक्त देशहरूको वर्तमान खडेरी अवस्थाको लागि आधार बनाउँदै थिए ।

आल्पस् पहाडका इटली वासीहरूले दक्षिणी भिरालोमा हरा-भरा जङ्गललाई खतम पार्दा उनीहरूलाई के कुराको पटक्कै ज्ञान थिएन भने त्यस्तो कामबाट उनीहरूले आफ्नो प्रदेशमा दूधका उद्योगहरूको जरा उखेल्दै थिए । अझ के कुराको रत्ति पनि ज्ञान उनीहरूलाई थिएन भने उनीहरूको त्यस कामबाट वर्ष भरिमा अधिकांश समय पहाडका झरनाहरू पानीवाट बंचित भए र वर्षा याममा ती झरनाहरू मैदानमा भयानक मुसलधारा साथ झर्ने भए ।

युरोपमा आलुको प्रचार गर्ने मानिसहरूलाई के कुरा थाहा थिएन भने स्टार्चयुक्त कन्दहरूको (farinaceous tubers) सँगसँगै उनीहरू गंडमालाको रोग फैलाउँदै थिए । यसरी प्रत्येक पाइलोमा हामीलाई के कुराको याद दिलाइन्छ भने हामीहरू कहिल्यै प्रकृतिमाथि त्यसरी शासन चलाउन सक्दैनौं जसरी एउटा विजेताले विदेशी जनतामाथि शासन गर्छ; अथवा जसरी कसैले प्रकृतिबाट बाहिर बसी शासन चलाउँछ । तर मासु, रगत र दिमाग सहितका हामी प्रकृतिकै अंग हौं र प्रकृतिको बीचमा नै रहन्छौं र प्रकृतिमाथि सारा विजय के कुरामा रहेको छ भने हामी प्रकृतिका नियमहरूलाई वुझेर त्यसलाई व्यवहारमा लगाउन सक्छौं, जुन कुरो अरू कुनै प्राणीले गर्न सक्दैन ।

वास्तवमा, जति जति दिन बित्दै गइरहेछ उति उति हामी उक्त नियमहरूलाई अझ सही ढङ्गले बुझ्न सिक्दैछौं न प्रकृतिको परम्परागत बाटोमा हामीबाट हुने हस्तक्षेपका बढी तात्कालिक र बढी मात्रामा निकै पछि गएर देखापर्ने परिणामलाई बुझ्दछौं । खास गरेर वर्तमान शताब्दीमा प्राकृतिक विज्ञान भएका ठूल्ठूला प्रगतिहरू पछि हामी झन् झन् त्यस स्थितिमा रहेका छौं जहाँ हामीले कमसेकम आफ्ना निकै साधारण उत्पादन-कार्यहरूका निकै पछि गएर प्रकट हुने प्राकृतिक परिणामहरूलाई बझेर त्यसलाई नियन्त्रण गर्न सक्छौं ।

जति बढी मात्रामा यो काम गरिन्छ, त्यत्तिकै बढ्ता मात्रामा मानिसहरूले प्रकृतिसितको आफ्नो अटूट सम्बन्धलाई अनुभव गर्नेछन् र साथै त्यसलाई बुझ्नेछन् र यस रूपबाट त्यतिकै बढ्ता मात्रामा मन र भौतिक तत्व, मानव र प्रकृति, आत्मा र शरीर माझको अन्तर्विरोध विषयक त्यस्तो निरर्थक र अस्वाभाविक विचार असम्भव बन्नेछ, जुन विचारले शास्त्रीय प्राचीनताको अन्त भए पछि युरोपमा निस्केर ईसाइ मतमा आफ्नो उच्चतम विशद व्याख्या प्राप्त गरेको छ ।

तर, आफ्ना उत्पादन – कार्यहरूबाट निकै पछि गएर देखापर्ने प्राकृतिक परिणामहरूलाई केही हदसम्म बुझ्न हामीलाई हजारौं वर्षको मिहिनेत परेको छ भने त्यसका निकैपछि प्रकट हुने सामाजिक परिणामहरूलाई बुझ्न गाह्रो भएको छ । हामीले आलु र त्यसबाट उत्पन्न भएको गंडमालाको फैलावलाई उल्लेख गरिसक्यौं । तर, आलु खाएर जीविका चलाउन मजदूरहरूलाई बाध्य पारिने कामले पूरै देशहरूका जन जीवनका अवस्थामा पारेको प्रभावको तुलनामा अथवा १८४७ मा आलुको महामारीले गर्दा आइलैंण्डमा जुन अनिकाल पयो र जुन अनिकालले आलुमात्र खाएर जिउ पाल्ने दशलाख आइलैण्डहरूलाई मृत्युको गाँस बनायो र अरू दुई लाख मानिसलाई समुद्र पारी जान बाध्य पार्यो त्यसको तुलनामा गंडमाला त के हो र ? रक्सी बनाउन सिक्दा अरबहरूको दिमागमा के कुरा पसेको थिएन भने यसबाट उनीहरू तवसम्म अज्ञात रहेका अमेरिकाली महाद्वीपमा आदीबासीहरूलाई सखाप पार्ने एउटा मुख्य हतियार बनाउँदै थिए । पछि अमेरिका पत्ता लगाउँदाखेरि कोलम्बसलाई के कुरा थाहा थिएन भने उनले जुन दास प्रथाको अन्त युरोपमा धेरै पहिले नै भइसकेको थियो, त्यै प्रथालाई नयाँ जीवन दिएर हब्सी दास व्यापारको लागि जग हाल्दै थिए ।

सत्रौं र अठारौं शताब्दीमा वाष्प चालित इन्जिनको आविष्कार गर्नमा लागेका मानिसहरूलाई के कुराको विचार थिएन भने उनीहरू संसारभर सामाजिक अवस्थाहरूमा क्रान्तिकारी हेरफेर ल्याउने अरूभन्दा बढी प्रभावशाली हतियार बनाउँदै थिए । खास रूपले युरोपमा थोरै व्यक्तिको हातमा धनको संचय गराएर र विशाल जनतालाई सम्पत्तिहीन बनाएर र उक्त हतियारले अहिले पूँजीपति वर्गको सामाजिक र राजनैतिक प्रभुत्वलाई कायम गरायो अनि पूँजीपति वर्ग र सर्वहारा वर्ग बीच यस्तो वर्ग संघर्षलाई पैदा गयो जुनसंघर्ष पूँजीपति वर्गको हार र सारा वर्ग विरोधीहरूको उन्मूलनमा मात्र टुंगिन सक्छ । तर यस क्षेत्रमा पनि लामो र ज्यादा गरी निर्मम अनुभवबाट र ऐतिहासिक सामाग्रीहरूको संकलन विश्लेषणबाट हामी आफ्ना उत्पादन कार्यहरूका अप्रत्यक्ष, निकै पछि गएर प्रकट हुने सामाजिक परिणामहरूबारे प्रष्ट ज्ञान राख्न बिस्तार-बिस्तार सिक्दैछौं र त्यसैले उक्त परिणामहरूलाई पनि नियन्त्रित पार्ने संभावना हाम्रो अगाडि छ ।

तर, त्यसलाई नियमित पार्ने काम गर्नाका लागि ज्ञान मात्र हैन; अरू कुरा पनि चाहिन्छ । यसकामको लागि हाम्रो आजसम्मको उत्पादन-प्रणालीमा र यसको साथै हाम्रो पूरै समसामयिक सामाजिक व्यवस्थामा पूरै क्रान्ति ल्याउनु परेको छ ।

आजसम्मका हाम्रा सबै प्रचलित उत्पादन प्रणालीहरूको उद्देश्य श्रमबाट ज्यादै तात्कालिक र ठाडो फाइदा उठाउनु मात्र रहेको छ । पछि मात्र देखा पर्न आउने र क्रमिक पुनरावृत्ति र संचयबाट प्रभावशाली’ बन्न निकै पछिका परिणामहरूलाई पूरै रूपमा बेवास्ता गरिएको छ । जमीनमाथि आदिम साझा स्वामित्व एकातिर मानव विकासको त्यस स्तर अनुरूप थियो जुन स्तरमा उनीहरूको दृष्टि सामान्यत: तत्काल पाउन सकिने कुरामा मात्र सीमित थियो र अर्कोतिर, त्यस व्यवस्थामा उक्त आदिम ढङ्गको अर्थतन्त्रबाट उत्पन्न हुने संभाव्य खराब परिणामहरूलाई हटाउन केही अतिरिक्त जग्गा बाँकी राखिएको थियो । उक्त अतिरिक्त जग्गा सिद्धिएपछि साझा स्वामित्वको पनि पतन भयो । अझसम्म मानव उत्पत्तिको विषयमा कुनै प्रष्ट विचार बनाउन सकेका छैनन; यसको कारण के भने उक्त दृष्टिकोणको विचारधारात्मक प्रभावमा पर्नाले उनीहरू मानव उत्पत्तिमा श्रमले खेलेको भूमिकालाई स्वीकार गर्दैनन् ।

माथि हामीले देखायौं-जनावरहरूले मानिसले गरे जत्तिकै नभए पनि मानिसले जस्तै आफ्ना क्रियाकलापद्धारा वाह्य प्रकृतिलाई बदल्छन् र उनीहरूबाट आफ्नो परिवेशमा ल्याइने उक्त परिवर्तनहरूले जनावरहरूलाई प्रभावित पार्छन् र बदल्छन् । यसो हुनाको कारण के भने प्रकृतिमा कुनै पनि घटना अरूबाट छुट्टै रूपबाट हुँदैन । हरेक चीजले अरू चीजलाई प्रभावित गर्छ, र यस सर्व पक्षीय गति र अन्तर-क्रियालाई हाम्रा प्राकृतिक वैज्ञानिकहरू धेरै जसो बिर्सन्छन् जसले गर्दा उनीहरू निकै साधारण चीजहरूलाई पनि देख्न सक्दैनन् ।

ग्रीसमा बोकाहरूले बनलाई नांगो पारेको कुरा हामीले माथि बतायौं, सेन्ट हेलेनामा पहिला आगन्तुकहरूले छोडेर गएका बोका र सुँगुरहरूले उक्त टापुका पुराना बिरूवाहरूलाई झण्डै जस्तो सखापै पारिदिए र यसरी उनीहरूले पछि आएका जहाजी र उपनिवेशवादीहरूले ल्याएका बिरूवाहरूलाई फैलिन जमीन तयार पारिदिए तर जनावरहरूले आफ्नो परिबेशमाथि दिगो प्रभाव पारे पनि यो काम इरादाविना हुन्छ र जनावरहरूको सम्बन्धमा त यो एउटा आकस्मिक घटना रहन्छ । तर जति मानिस जनावरबाट पर हुँदै जान्छ त्यति त्यति प्रकृतिमाथि पर्ने उसको प्रभावले पूर्व-परिचित, निश्चित उद्देश्यको प्राप्ति तर्फ लगाइएको पूर्व निश्चित, योजनावद्ध कामको चरित्र धारण गर्छ । जनावरले कुनै ठाउँका बिरूवाहरूलाई नष्ट पार्छ तर आफूले के गरिराखेको हो भन्ने कुरा त्यसले बुझ्दैन । मानिसले बाली, रूख वा अंगूरका लहराहरू लगाउन बिरूवालाई नष्ट पार्छ र उसलाई के कुरा थाहा छ भने यसबाट उसले आफूले रोपेको भन्दा धेरै दोब्बर पाउनेछ । उसले काम लाग्ने बिरूवा र घरेलु जनावरहरूलाई एक देशबाट अर्को देशमा लगेर पूरै महाद्वीपहरूको रूप-रङ्गलाई बदलिदिन्छ ।

यतिमात्र होइन; मानिसले बिरूवा र जनावर दुबैलाई चिन्नै नसकिने गरी कृत्रिम उपायबाट बदलिदिन्छ । जुन जङ्गली बिरूवाहरूबाट हाम्रा खाद्यान्नहरूको उत्पत्ति भयो ती बिरूवाहरूको असफल रूपमा खोजी अझसम्म हुँदैछ । जुन जनावरबाट भिन्ना- भिन्नै प्रकारका कुकुरहरूको अथवा त्यस्तै प्रकारले विभिन्न जातका घोडाहरूको विकास भएको छ, त्यस जङ्गली जनावरको सवाल पनि अहिलेसम्म विवादग्रस्त सवाल नै रहेको छ ।

तर यसको अर्थ जनावरहरूमा योजनाबद्ध र पूर्व निश्चित ढङ्गले काम गर्ने सामर्थ्य नै छैन भन्ने होइन, बरू त्यसको उल्टो, जुन जुन ठाउँमा प्रोटोप्लाज्मा अर्थात् सजीव प्रोटीन विद्यमान रहन्छ र त्यसले प्रतिकार गरेको हुन्छ, अर्थात् वाह्य प्रेरणाको फलस्वरूप निकै साधारण भए पनि निश्चित गति लिएको हुन्छ, त्यहाँ कुनै योजनाबद्ध कार्य प्रणालीको आरम्भिक अवस्था विद्यमान रहन्छ । तन्तु कोष भएको ठाउँमा पनि यस्तो कार्य हुन्छ किरा खाने बिरूवाहरूले जुन ढङ्गबाट आफ्नो शिकारलाई समात्छन् त्यो सर्वथा अचेतन रूपबाट गरिएको भएपनि केही हदसम्म कुनै योजनावद्ध कार्य जस्तो देखिन्छ ।

जनावरहरूमा स्नायु-मण्डलको विकासको अनुपातमा सचेत, योजनावद्ध ढङ्गले काम गर्ने क्षमताको विकास हुन्छ र स्तनधारी जनावरहरूमा उक्त क्षमताको उच्च स्तरमा विकास भएको छ । बेलायतमा फ्याउरोको शिकारमा जाने व्यक्तिले प्रति दिन के कुरा देख्न सक्छ भने आफ्नो पिछा गर्नेहरूलाई धोखा दिन स्थान- सम्बन्धी आफ्नो अपूर्व ज्ञानलाई उपयोग गर्ने तरीका र आफ्नो वास्ना मिटाउनका लागि जमीनका सबै अनुकूल विशेषताहरूलाई काममा लगाउने तरीका फ्याउरोलाई राम्ररी नै थाहा छ । मानिसको सहवासमा रहेर झन् बढ्ता विकास गरेका हाम्रा घरेलु जनावरहरू बालकको जत्तिकै स्तरमा चलाकीका कामहरू गर्न सक्छन् । किनभने, जसरी आमाको गर्भमा मानवीय भ्रूणको विकासको इतिहास किरादेखि शुरू गरी हाम्रा जनावर पूर्वजहरूले गरेको शारीरिक विकासको दसौ लाख वर्षको इतिहासको संक्षिप्त पुनरावृत्ति मात्र हो, त्यस्तै प्रकारले मानवीय बच्चाको मानसिक विकास पनि हाम्रा यी पूर्वजहरूले, कमसेकम पछिल्ला पूर्वजहरूले गरेको बौद्धिक विकासको संक्षिप्त पुनरावृत्ति मात्र हो ।

तर सबै जनावरहरूको तर्फबाट गरिने सबै योजनावद्ध कार्यहरूले कहिल्यै पृथ्वीमाथि आफ्नो संकल्पको छाप पार्न सकेका छैनन् । यो काम मानिसको जिम्मामा पन्यो । सारांशमा, जनावरले वाह्य प्रकृतिलाई उपयोग मात्र गर्छ र आफ्नो उपस्थितिले मात्र प्रकृतिमा परिवर्तन ल्याउँछ । मानिसले आफ्नो आफ्नो परिवर्तनद्धारा प्रकृतिलाई आफ्नो उद्देश्य अनुसार चल्न लगाउँछ, उ प्रकृतिमाथि विजयी बन्छ । मानिस र अरू जनावरहरू बीच यो नै अन्तिम, प्रमुख भिन्नता हो र यहाँ पनि उक्त भिन्नता ल्याउने चीज-श्रम नै हो ।
तर, प्रकृतिमाथि मानिसले पाएका विजयहरूलाई लिएर हामीले नाक फुलाउनु छैन किनभने प्रत्येक मानवीय विजयमा प्रकृतिले हामीलाई बदला लिन्छ । के कुरा साँचो हो भने प्रत्येक विजय हुनुभन्दा पहिले त हामीले सोचे अनुसारका परिणामहरू हुन्छन्, तर दोश्रो र तेश्रो अवस्थामा गएर यसको सर्वथा भिन्नै पहिले सोच्दै नसोचेका त्यस्ता परिणामहरू हुन्छन् जसले धेरै जसो तर, सबै उच्चस्तरका उत्पादन प्रणालीहरूले गर्दा जनता भिन्ना भिन्नै वर्गहरूमा विभाजित भए र यसरी शासक र शासित वर्गहरू बीच वैरभाव पैदा भयो । अनि शासक वर्गको स्वार्थ नै उत्पादनको चालक शक्ति बन्यो र यो कति हदसम्म भने उत्पादन शोषित जनताको जीविकाको साधनसम्म मात्र सीमित रहेन ।

अचेल पश्चिमी युरोपमा प्रचलित पूँजीवादी उत्पादन प्रणालीमा यो काम निकै राम्ररी पूरा भएको छ । उत्पादन र विनिमयमाथि प्रभुत्व जमाएका वैयक्तिक पूँजीपतिहरू आफ्ना कार्यहरूको सवभन्दा तात्कालिक लाभदायक परिणामलाई मात्र ध्यानमा राख्न समर्थ छन् । साच्चीकै भन्ने हो भने उत्पादन वा विनिमय गरिने वस्तुको उपयोगिताको खण्डमा; उक्त लाभदायक परिणाम पनि पछिल्लिर पर्न जान्छ र विक्रीबाट हुने नाफा नै एकमात्र प्रेरक शक्ति बन्छ ।

पूँजीपति वर्गको सामाजिक विज्ञान, शास्त्रीय राजनीतिक अर्थशास्त्रको सम्बन्ध मुख्य रूपमा उत्पादन र विनिमय सम्बन्धी मानवीय कार्यहरूका ठाडो रूपमा परिलक्षित सामाजिक परिमाणहरूसित मात्र रहन्छ उक्त विज्ञान त्यस सामाजिक संगठनको पूर्णतया अनुरूप छ जुन संगठनको यो सैद्धान्तिक अभिव्यक्ति हो । वैयक्तिक पंजीपतिहरू तात्कालिक नाफा लिने उद्देश्यले उत्पादन र विनिमयमा लाग्ने भएका हुनाले सबभन्दा नजीकका, सबभन्दा तात्कालिक परिणामहरूको मात्र वास्ता राख्न सकिन्छ ।

कुनै व्यक्तिगत मिल-मालिक वा महाजनले आफूले बनाएको वा किनेको वस्तुलाई साधारण नाफामा विक्री गरेपछि उ सन्तुष्ट हुन्छ र उसले उक्त वस्तु वा किन्ने मानिसलाई जे सुकै होस् वास्ता गर्दैन । उक्त कार्यहरूका प्राकृतिक परिणामहरूको सम्बन्धमा पनि यही कुरो सत्य रहन्छ । क्यूवामा स्पेनका जग्गा धनीहरूले पहाडका भिरालोहरूमा रहेका जङ्गलहरू जलाएर खुब नाफा आउने कफीका रूखहरूलाई प्रशस्त पुग्ने गरी त्यहाँको खरानीबाट मल प्राप्त गरे र पछि ठूलो वर्षाले त्यहाँको माटोको असुरक्षित माथिल्लो भागलाई बगाएर लगेकोले चट्टानै मात्र बाँकी रहन गयो ।

यी सब कुराको ती जग्गा धनीहरूलाई के को चासो ? प्रकृतिको सम्बन्धमा झैं समाजमा पनि वर्तमान उत्पादन प्रणालीको मुख्य रूपमा सम्बन्ध पहिलो, सबभन्दा निश्चित परिणामसित मात्र रहेको छ र जब उक्त कार्यहरूका निकै पछिका परिणामहरू पूरै रूपमा भिन्न र मुख्यत: पूरै विरोधी चरित्रका हुन आउँछन् तब आश्चर्य समेत प्रकट गरिन्छ; माँग र पूर्तिको मेल सर्वथा उल्टो फेरिन्छ र यस कुरालाई प्रत्येक दश वर्षमा पैदा हुने औद्योगिक संकटले देखाउँछ र जर्मनीले समेत “संकट” मा उक्त कुराको अनुभव गरिसकेको छ; व्यक्तिगत श्रममा आधारित निजी सम्पत्ति आवश्यकीय रूपले मजदूरहरूको सम्पत्तिहीनतामा विकसित हुन्छ र सारा वन गैर-मजदूरहरूको हातमा झन् झन् बढ्ता मात्रामा केन्द्रीभूत हुन्छ ।
अनु: कृष्ण दास श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।