१२ श्रावण २०८१, शनिबार

समाजवादी मोर्चा नेपालको बैठक भोलि अपरान्ह ४ बजे बस्ने

0

काठमाडौँ ।समाजवादी मोर्चा नेपालको बैठक भोलि अपरान्ह ४ बजे बस्ने भएको छ।नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको कार्यदलका सदस्य प्रकाण्ड सी ले समाजवादी मोर्चा नेपालको बैठक भोलि आसार ३० गते शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका हुन्। उनले समाजवादी मोर्चा नेपालको कार्यदलको बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताका बिषयलाई अन्तिमरुप दिएको समेत बताए ।

उक्त कार्यदललाई समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता बनाउनका लागि तीन दिनको समयसीमा दिइएको थियो सोहि जिम्मेवारी अनुरुप कार्यदलले संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताको आधार तयार पारेको हो । उक्त कार्यदलमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी , नेकपा समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।

उक्त कार्यदलले तयार पारेको मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहितासहितको प्रस्तावमाथि भोलि आसार ३० गते शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने समाजवादी मोर्चाको बैठकमा छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।