५ जेष्ठ २०८१, शनिबार

सहकारी पीडितहरुको आन्दोलन ४२ औं दिन देखि निरन्तर 

३१ गते काठमाडौमा प्रदर्शन गर्ने तयारी 

0

काठमाडौ / विभिन्न सहकारीहरुका कारण पीडितहरुले अनशन सहितको आन्दोलन गरिरहेको आज ४२ औ दिन पुगेको छ।सहकारी पीडित बचतकर्ता महासंघद्वारा काठमाडौको माइतीघरमा जारी आन्दोलन माग पूरा नभएको भन्दै अझै जारी रहेको हो।

सर्वसाधारणहरुको वचत संकलन गरि आर्थिक कारोबार गरिरहेका सहकारीहरुका सञ्चालकहरुले नियम बिपरित व्यक्तिगत स्वार्थमा संस्थाको वचतलाई आफ्नो कारोबारका निम्ति प्रयोग गरेपछि वचतकर्ताहरु पीडित भएका हुन।कतिपय सहाकारी सञ्चालकहरु करोडौं पैसा लिएर भागेको समाचारहरु पनि सार्वजनिक भैरहेका छन।

सहकारी पीडित वचतकर्ता महासंघका संयोजक हरिश्चन्द्र श्रेष्ठका अनुसार अहिले माइतीघर मण्डलामा ३ सय बढी पीडितहरु ४२ दिन देखि अनशन सहितको आन्दोलनमा छन।काठमाडौमा मात्रै ६२ ओटा सहकारीबाट करिब ६५ अर्व बचत रकम ठगिएको अनुमान रहेको श्रेष्ठलेले बताए।

 आन्दोलनको क्रममा उनीहरुले सहकारी मन्त्री राजीनामा दे!गृहमन्त्री राजीनामा दे! हाम्रो वचत फिर्ता दे! ठग तथा बेइमान सहकारीलाई कार्बाही गर! सहकारीहरुको ठगी धन्दा बन्द गर जस्ता नाराहरु लगाईरहेका छन।

अनशनको क्रममा विभिन्न व्यक्ति, नागरिक र सरोकारवालाहरुको समर्थन भएपनि राज्यले आफुहरुको माग सम्बोधन नगरेको भन्दै उनिहरुले असार ३१ गते वचतकर्ता पीडितहरुको प्रदर्शन गर्ने कार्यक्रम रहेको समेत संयोजक श्रेष्ठले जानकारी दिएका छन।

उनका अनुसार गृहमन्त्री नारायणी श्रेष्ठ पनि अनशनस्थलमा आएको तर उनले समस्या समाधान गर्ने भन्दापनि के तपाईंहरुले मलाई सोधेर बचत गरेको हो? भन्दै प्रश्न गरेको बताए।त्यस्तै रास्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि श्रीमती निकिता पौडेलमाथी लागेको सहकारी ठगीको आक्षेपबारे स्पस्टिकरण दिन मात्रै आन्दोलनमा आएको उनको भनाइ छ।

जारी अनशनमा साङ्सदहरु तोषिमा कार्की र चित्र बहादुर के सी पनि आएर समर्थन जनाएको र उनीहरुले समस्यालाई संसदमा उठाउने प्रतिबद्धता समेत जनाएको संयोजक श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।