१२ श्रावण २०८१, शनिबार

समाजवादी मोर्चा लुम्बिनीका यस्ता छन तीन निर्णय

0

रुपन्देही । केन्द्रमा समाजवादी मोर्चा बनाएका नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले लुम्बिनीमा प्रदेशस्तरीय मोर्चामार्फत काम थालेका छन् ।

समाजवादी मोर्चाको लुम्बिनी प्रदेशस्तरीय प्रारम्भिक बैठकले केन्द्रीय योजना कार्यान्वयनसँगै सामूहिक दृष्टिकोण निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकपछि मोर्चामा रहेको नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा प्रदेश अध्यक्ष अशोक यादव, नेकपा एसका प्रदेश अध्यक्ष राजु गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले जारी गरेको सामूहिक विज्ञप्तिअनुसार संघीय सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई कडाइका साथ लागू गर्न अनुरोध गर्ने, विपत्तिको तयारीका लागि तीनै तहको सरकारलाई आग्रह गर्नेलगायतका निर्णय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।