२३ भाद्र २०८१, आईतवार

देव सीकी आमा साच्चिकै महान हुनुहुन्छ : विषम सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषम सीले नेकपा केन्द्रीय सदस्य देव सीकी आमाको निधनप्रति दुः व्यक्त गरेका छन् । सोमबार काठमाडौँको काब्रेस्थलीमा नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै विषमले देव सीकी आमा पदमा कुमारी गुरुङको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘देवजस्ता होनाहार छोरा जन्माउनु हुने पदम कुमारी गुरुङ हामी सबैकी आमा, उहाँ महान आमा हुनुहुन्छ । उहाँको निधनले देव जी मात्र होइन हाम्रो पुरै पार्टी पङ्ती स्तब्ध भएको छ ।’, आमाको त्याग, तपस्या र समर्पणलाई सम्झिदै उनले भने, ‘देव जी जस्ता होनाहार छोरालाई परिवर्तनका लागि टिका लगाएर क्रान्तिमा पठाउने, जनताको अधिकारका लागि लड्न प्रेरित गर्ने उहाँ महान आमा हुनुहुन्छ । आमा सबै बन्छन्, बच्चा जन्माउँदैमा कोही पनि महान आमा बन्न सक्दैन । उहाँले आफ्ना बच्चालाई क्रान्तिमा लाग्न प्रेरित गर्नुभयो । र महान बन्नुभयो ।’

जन्मपछि मृत्यु अनिवार्य सर्त भएको भन्दै उनले यो संसारमा अजम्बरी केही/कोही पनि नभएको बताए । ‘यो प्राकृतिक कुरा होस् या कृतिम अन्त्य अनिवार्य छ । तर मृत्युको प्रकृति भने फरक हुन सक्छ । त्यो दुर्घटनामा होस् या अन्य रोग लागेर या उमेर पुगेर मान्छेको मृत्यु हुन्छ ।’, उनले भने, ‘आमा पदम कुमारी साच्चिकै महान आमा हुनुहुन्छ, देवजस्ता होनाहार छोरा जन्माएर हुर्काएर आफ्नो छोरालाई मुक्ति युद्धमा होमिन पठाउने आमा, चाहे त्यो महान जनयुद्ध होस् या एकीकृत जनाक्रान्ती कुसलतापूर्वक आफ्नो भूमिका निभाउन निरन्तर क्रियाशील छोरा जन्माउने । आफ्नो सन्तानले लिएको बाटोमा प्रश्न नगर्ने र मुक्तियुद्धमा साथ दिने आमा साच्चिकै महान हुनुहुन्थ्यो।’

गुरुङ समुदायको आफ्नो संस्कार अनुसार काजक्रिया गरिएको भएपनि नेकपाले सी जातिको संस्कृति अनुसार आज श्रद्धाञ्जली सभा गरेको हो । ‘सी सस्कृती अनुसार पहिलो दिन दाहसंस्कार गर्ने, दोस्रो दिन वृक्षारोपण गरेर मृतकलाई पुस्तौंसम्म जिवित राख्ने, तेस्रो दिन मृतकको शोकमा गरिव, निमुखा, असक्तलाई सहयोग गर्ने, चौथो दिन दिगम्बतको नाममा अक्षकोष निर्माण गर्ने र अन्तिम दिन श्रदाञ्जली सभाको आयोजना गर्ने चलनको सुरु भएको छ ।’, उनले भने, ‘त्यही अनुसार हामीले महासचिव विप्लव सीको आमाको मृत्यु भएदेखि ५ दिनसम्म मृत्यु संस्कारको संस्कृति सुरु गरेका छौं । पहिला पहिला त यसलाई पचाउन गाह्रो हुन्छ । धेरैले विरोध पनि गर्छन तर पछि यसको ससैले सिको गरेपछि यो व्यापक हुन्छ । विश्वव्यापि हुन्छ ।’

आफ्नो पार्टीले आर्थिक रुपमा बिपन्नहरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने सस्कृतिको विकास गरेको भन्दै यसले विस्तारै व्यापकता पाउने बताए ।

नेता विषम र परिवारका सदस्य मिलेर वृक्षारोपण समेत गरेका थिए । आमाको न्यास्रो मेटाउन अम्बा, कागती, जुनारका विरुवा रोपेर वृक्षरोपण गरेको थियो । सी संस्कृति अनुसार पदम कुमारीको नाममा अक्षयकोषको समेत स्थापना गरिएको छ ।

अक्षयकोषमा परिवारका सदस्यसहित नेकपाका केन्द्रीय समिति, पोलिट ब्युरो सदस्यहरु, उपस्थिति नेता कार्यकर्ता तथा जनसमुदायले कोषमा रकम जम्मा गरेका थिए । श्रद्धाञ्जली सभामा नेकपा पोलिटव्युरो सदस्य माइला सी, बन्दु सी, आस्था सी, केन्द्रीय सदस्य भृकुटी सी, बिपिन सी, राजकुमारी सी लगायतको आतिथ्यता रहेको थियो। सभामा आस्था सी र दिवगंत आमाको परिवारको तर्फबाट देव सीले मन्तव्यमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षताका उपत्यका व्युरो इन्चार्ज कृति सीको रहेको थियो भने संचालन केन्द्रीय सदस्य चिरन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।