सिन्धुली जिल्लाको साबिक ढुङ्ग्रेबास गाविसमा वि. स. २०२६ सालमा जन्मिनु भएको महेन्द्र श्रेष्ठ क. मानबहादुर सानै उमेरमा कम्युनिस्ट पार्टीमा आवद्ध भएर पञ्चायत विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो । २०४६ सालको जनआन्दोलनपश्चात् पञ्चायती एक दलीयताको अन्त्य भएको तर जनताको शासनसत्ता नआइ निश्चित पार्टीको सीमित नेताको हातमा शासनसत्ता पुगेको कारण जनताको जीवन उही पञ्चायती कालोरात्री झै नै थियो । त्यसकारण क. महेन्द्र फेरि जनताको सत्ता ल्याउने आन्दोलनमा निरन्तर सकृय हुनुभएको थियो । २०४६ सालपश्चात् बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै ४ वटा साना कम्युनिस्ट पार्टीहरू मिलेर नेकपा एकताकेन्द्र बनेको थियो । एकता केन्द्रको एकता महाधिवेसन २०४८ सालमा चितवनमा सम्पन्न भएको थियो । त्यही महाधिवेसनले नेपालमा निरङ्कुुश राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गर्नुको लागि दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गरेको थियो भने नेतृत्वमा क. प्रचण्ड चयन भएको थियो । क. प्रचण्डको नेतृत्वमा नेकपा एकता केन्द्रले देशैभरी सामन्तवाद विरोधी ग्रामिण वर्गसङ्घर्षको उठान गरेको थियो । त्यही सिलसिलामा क. महेन्द्र पनि सिन्धुली जिल्लाको विभिन्न सङ्घर्षमा सकृय हुनुभएको थियो । समयको चक्र पार गर्दै जाने क्रममा वर्गसङ्घर्षलाई घनिभूत बनाउने र सामन्ती निरङ्कुश केन्द्रिय राज्यसत्तालाई ध्वंस बनाउनको निम्ति २०५२ साल फल्गुण १ गतेबाट नेकपा (माओवादी)ले महान् जनयुद्धको उद्घोष ग¥यो । जनयुद्धको उद्घोषसँगै देशैभरी विभिन्न स्तरमा जनकारबाहीहरू हुँदै गयो । तुलनात्मक रुपमा पश्चिम नेपालभन्दा पूर्वी नेपालमा जनकारबाहीहरू अलि कम थिए । किनकि पश्चिमको तुलनामा पूर्वमा पार्टीको आन्तरिक संरचना अलि कमजोर र संख्यात्मक हिसाबले अलि कम थिए । तथापी यहाँको सापेक्षतामा आफ्नै ढङ्गले जनयुद्ध अगाडी बढिरहेको थियो । त्यही समयमा मध्यपूर्वी भेगमा पार्टीको आन्तरिक जीवनमा नयाँ विचलन र अराजकता पैदा भएको थियो । सितलकुमारको साँस्कृतिक विचलन र यानप्रसाद गौतमको समस्या फस्टाइरहेको थियो । सितलकुमारको साँस्कृतिक विचलन अन्तर्गत (पार्टीको काममा हिंड्दाखेरी एक पुरुष र एक महिला मात्र जोडी भएर हिंड्नु पर्ने र जहाँ पुगे पनि श्रीमान–श्रीमती भन्नुपर्ने) यसप्रकारको विचलनवादी नीति अख्तियार गरेको थियो क. सितलकुमारले । त्यसैगरी आलोक प्रवृत्ति अन्तर्गत कार्यकर्ताले चरम रुपमा नेतृत्वको भक्तिगान गर्नुपर्ने र नेतृत्वले अवैध शारीरिक सम्बन्ध र उन्मत्त ढङ्गले मदिरा सेवन गरे पनि केही नहुने, यदि त्यसो गर्दा कार्यकर्ताले विरोध गरे कि त कार्वाही खाइने या त हाम्रो जनप्रभाव कम्जोर र दुश्मनको जगजगि भएको एरियामा कार्यक्षेत्र सरुवा गर्ने चलन थियो । त्यही चरम व्यक्तिवादी र साँस्कृतिक विचलनको ढाकछोपको षड्यन्त्रको भुमरीमा परेका थिए क. महेन्द्र श्रेष्ठ ।
क. महेन्द्र गलतलाई गलत र सहिलाई मात्र सहि भन्ने कुशल, निडर र साहसिक कार्यकर्ता थिए । त्यही कुशल र निडर स्वभावको कारण क. सितलकुमार र यानप्रसादसँग प्रवृत्ति मिलेन र २०५५ साल बैशाख अन्तिमतिर कार्यक्षेत्र सरुवा गरी ओखलढुंगा पठाइएको थियो क. महेन्द्रलाई । ओखलढुंगा जिल्ला प्रतिक्रियावादी काङ्ग्र्रेसहरूको देशभरिको गढमध्ये एक थियो । त्यही प्रतिक्रियावादी गिरिजाप्रसादको सत्ताले संचालन गरेको फासिवादी ‘किलो सेरा टू’ अप्रेसनले ओखलढुंगाली जनता आक्रान्त थिए । त्यही सत्ताको दमनद्वारा आक्रान्त दुर्गम बस्तीको उत्पीडित जनतालाई सङ्गाल्दै क्रान्तिको दियो बाल्न आएको एक योद्धा थियो क. महेन्द्र । क. महेन्द्र ओखलढुंगा आएपछि जिल्लाको पूर्वी भाग कुइबिर, पोखर, सेर्ना, दियाले, भदौरे, तलुवाको विभिन्न भूभागमा नेता–कार्यकर्ता र जनतासँग भेटघाट गर्दै तत्कालीन ठूलोछाप गाविसको वार्ड नं. ५ केउरेनी हुँदै वार्ड नं. ७ खनियाखर्क पुगेका थिए । खनियाखर्कस्थित कृष्ण भट्टराईको घरमा पुगेपछि अचानक ज्वरो आएर बिरामी भएको थियो । कृष्ण भट्टराई तल्कालीन माओवादीको सामान्य कार्यकर्ता थिए । सोही गाउँको विदुर सुवेदी पनि सामान्य कार्यकर्ता नै थियो । त्यही कृष्ण भट्टराईको घरमा बिरामीको कारण लगातार ४÷५ दिन आराम गर्दै क. महेन्द्र बस्नु भएको थियो । त्यही क्रममा कृष्ण भट्टराई, विदुर सुवेदीलगायत केही गाउँका युवाहरूसँग क. महेन्द्रले बिरामी अवस्थामा नै छलफल गर्नुभएको थियो ।
त्यही क्रममा क. महेन्द्र त्यहाँ आएर बसेको छ भन्ने खबर केही वरिपरिको छिमेकीहरूले पनि थाहा पाए । सोही समयमा त्यही गाउँको एकजना टीका भट्टराई भन्ने व्यक्ति प्रहरीको निवृत्तिभरण पकाएर घरखेती गरेर बसेको थियो । उक्त समयमा माओवादीको सामन्य कार्यकर्ता विदुर सुवेदी र अवकाश प्राप्त प्रहरी टीका भट्टराईको बिचमा साँध–सीमानाको कारण उनीहरूको मन–मुटाव थियो । त्यही बेलामा कृष्ण भट्टराईको दाइ शङ्कर भट्टराईले त्यही गाउँको छिमेकी महिला लक्ष्मी अधिकारीलाई कुरा गर्ने सिलसिलामा– विदुरहरूले टीका भट्टराईलाई मार्न भनेर कृष्णको घरमा ठूल्ठूला हात खुट्टा भएको ठूल्लो ज्यान भएको माओवादी ल्याएर राखेको छ भनेर सुनाएको थियो रे । त्यस समयमा कृष्ण भट्टराई र शङ्कर भट्टराई दुई दाजुभाइमा मन मुटाब थियोे रे । त्यही शङ्करले लक्ष्मी अधिकारीलाई सुनाएको कुरा लक्ष्मी ले टीका भट्टराईलाई गएर सुनायो तर टिका भट्टराईले पत्यायन रे । तर उक्त कुरा गाउँभरी हल्ला भैसकेको थियो । गाउँमा हल्ला भएपछि त्यतिबेलाका गाउँका फटाहाहरू बुद्धि भट्टराई र लिला भट्टराईले टीका भट्टराईलाई मार्न विदुरेले माओवादी ल्याएर राखेको छ भनी लेखेको व्यहोराको पत्र लेखी त्यतिबेलाको नेता भनांैदा देवी खनाल (तत्कालीन नारायणस्थान गाविस अध्यक्ष), महेस कोर्मचा (तत्कालीन जिविस सभापति)लाई पत्र लेखेर पठाएको थियो । उक्त दिन ठूलोछाप स्थित निशङखेमा मानसिङ गुरुङले दलितहरूलाई सुंगुरको पाठा वितरण गर्ने कार्यक्रम थियो रे । सोही कार्यक्रममा देवी खनाल, महेस कोर्मचा र मानसिङग गुरुङ उपस्थित भएका थिए । सोही सुंगुरको पाठा बाँड्ने कार्यक्रम स्थलमा बद्री भट्टराई र लिला भट्टराईले लेखेर पठाएको चिट्ठी बोकेर जाने व्यक्ती सोहि खनियाखर्क गाउँका रमेश भट्टराई र जगेन्द्र भट्टराई थिए । रमेश र जागेन्द्र ले उक्त चिठी लगेर महेस कर्मोचालाई दिइएको भनी हाल रमेश भट्टराई बताउँछन् । सो चिट्ठी महेस कोर्मचा ले त्यतिबेला को निशङ्खे चौकीको प्रहरीलाई दिइएको थियो रे । त्यसपछि निशङ्खे चौकीको प्रहरीहरू खनियाखर्क गई कृष्ण भट्टराईको घरमा बिरामी भएर आराम गरिरहेका तत्कालीन नेकपा (माओवादी)को ओखलढुंगा जिल्ला सचिव क. महेन्द्रलाई गिरफ्तार गरी लगेको थियो ।
गिरफ्तार गरेपछि यातना दिंदै सदरमुकाम ओखलढुंगा लगेको थियो । सदरमुकाम ओखलढुंगामा केही दिन राखेपछी बिराटनगर लगेको थियो । बिराटनगरबाट विभिन्न जिल्ला घुमाउँदै उहाँको आफ्नो गृह जिल्ला सिन्धुली लगेको थियो । सिन्धुलीको विभिन्न ठाउँमा घुमाउँदै अन्ततः सिन्धुली र उदयपुरको सीमानामा पर्ने घुर्मी नजिकै खोक्सामा लगेर प्रतिक्रियावादी सत्ताको रक्तपिपासु प्रहरी जल्लादहरूले २०५५ साल असोज ४ गते लाल योद्धा क. महेन्द्र श्रेष्ठको जघन्य यातनापस्चात् निर्ममतापूर्वक हत्या गरेको थियो भनी उहाँको सहोदर जेठा दाजु दुर्घराज श्रेष्ठ बताउनु हुन्छ ।
उक्त समय महेन्द्र श्रेष्ठ जहाँबाट गिरफ्तार हुनुभएको थियो, त्यही ठाउँको रिटायर्ड प्रहरी टीका भट्टराईलाई माओवादीले मार्ने योजना नै नभएको तर शङ्कर भट्टराईले झुटो समाचार फैलाएर महेन्द्र श्रेष्ठ गिरफ्तार भएको र पछि त्यही कारण टीका भट्टराईलाई माओवादीले मा¥यो । सम्भवतः टीका भट्टराई निर्दोष नागरिक देखिन्छ । तर टीका भट्टराईलाई मार्न मान्छे आएको छ भनी गलत हल्ला फिँजाई हिंड्ने शंकर भट्टराई र महेन्द्र श्रेष्ठलाई समात्नको लागि नेतालाई चिट्ठी लेख्ने बुद्धि भट्टराई, लिला भट्टराई र समात्न प्रहरी पठाउने देवी खनाल र महेश कोर्मचाहरू आज पनि ज्युँदै छन् ।
तिनै महेन्द्र श्रेष्ठलगायत ९५ जना ओखलढुंगाली वीर सहिदहरूको रगतले ओखलढुङ्गाको कुनाकाप्चाको उत्पीडित बस्तिहरू सिंचिएको थियो । जसले ढल्दैगर्दा पनि प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश बनाइछाड्ने र सर्वहारा श्रमिक जनताको जनवादी राज्यसत्ता ल्याइछाड्ने प्राण गरेका थिए । तर आज बाँचेका नेता भनौदा प्रचण्ड–बाबुरामहरू उही पुरानै जनतामारा प्रतिक्रियावादी संसदीय सत्ताको चाटुकार भए । तर नेपाली जनतालाई जनवाद ल्याइछाड्ने प्रण गरी बलिदान गरेका १३ हजार सहिदहरूको सपना अधुरो रह्यो ।
त्यसकारण, क. महेन्द्र श्रेष्ठहरूले जे प्रण र सङ्कल्प गरेर नेपाली धर्तीमा बलिदान गरे, त्यो उच्च बलिदानको गौरव गर्दै फेरि पनि १३ हजार होइन कि १३ लाखले बलिदान गर्नु परे पनि पछि नहट्ने सङ्कल्प गर्दै फेरि हामी एकीकृत जनक्रान्ति मार्फत क. बिप्लबको नेतृत्वमा नेकपा खडा गरी महेन्द्र श्रेष्ठको रगतले सिंचिएको ओखलढुंगाको भूमिलाई आवश्यक परेमा पुनः रगत सिंचाइदिने महान् अठोटका साथ हामी निरन्तर क्रान्तिको यात्रामा छौं । सम्भवतः यो दसक क. महेन्द्रको रगतले सिंचिएको भूमिले सदाको लागि मुक्तिको सास फेर्न पाउने छन् ।
स्राेत: जनपत्रिका तेस्रो अंक