६ जेष्ठ २०८१, आईतवार

नेकपा नेता बाबुकाजीका बुबाको निधन, पार्टीद्वारा शोक व्यक्त

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला नम्बर (१) का जिल्ला सचिव बाबुकाजी सीका बुबाको निधन भएको छ । चन्द्रागिरी नगरपालिका ४, काठमाडौं निवासी बाबुकाजीका ६९ बर्षिय बुबा जेपु शाहीको शुक्रबार बेलुका निधन भएको हो ।

 चेपु शाहीको निधनप्रति नेपाल कम्युनिस्प पार्टीले दुःख व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट हार्दिक श्रदाञ्जली व्यक्त गरेको छ ।

‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं (१) नम्बर जिल्ला कमिटी सचिव कमरेड बाबुकाजी सीका आदरणीय बुबा जेपु शाहीको २०८० साउन ५ गते बेलुका ६९ बर्षको उमेरमा निधन भएको छ ।’, व्युरो इज्चार्ज कृति सीद्वारा जारी शोक वक्तव्यमा भनिएकोे छ, ‘चन्द्रागिरी नगरपालिका ४, काठमाडौं निवासी आदरणीय बुबा जेपु शाही प्रति पार्टीको तर्फबाट हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं । साथै यस शोकको घडीमा कमरेड बाबुकाजी सीसहित सम्पूर्ण परिवारजन प्रति गहिरो सम्वेदना प्रकट गर्दछौं ।’

शोक बक्तव्यको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।