६ जेष्ठ २०८१, आईतवार

ए रामसाईला

0

ए आलाेचनाकाे लागि मात्र जन्मिएकाहरु
तिम्रा चट्याङ्गरुपि चिच्याहट र बर्षातरुपि आँशुहरु
कति नाटकिय रुपले झार्छाै है राम राईँला
अरुकाे प्रगतिमा राेदन गर्नेहरु, पीडा पाेख्नेहरु
समाजवादकाे यात्राले तिम्राे चिरहरण भयाे कि के हाे?
रामसाईँला
छि कति ईर्श्या पालेर बाँचेका छाै हगि
मालेमावाद विज्ञान पनि भन्छाै
बिज्ञानकाे बिकास असम्भब पनि भन्छाै
के नियति हाे रामसाईला
खालि आलाेचना मात्र गछाै रामसाईला
ए हामी भएर तिमिले राेजगारी पाएका क्रान्तिकारिहरु
हाम्रै आलाेचना गर्नका लागि झुण्ड बनाएकाहरु
तिम्राे बैठककाे लक्ष हाम्रै आलाेचना हाे कि
कसाे रामकाईला?
नयाँ त केही पनि देखिएन त हाे
कमसेकम अलग भएकाे प्रमाणित त गर्न सक्छाै कि
कि फिरन्ते जीवन मात्र हाे रामकाईला
ए काल्पनिक क्रान्तिकाे नाममा
पुरानै बाटाेमा पनि उभिन नसकेकाहरु
अरुकाे प्रगतिमा मुर्छा परिरहृका छन
दर्शनकाे सुकेकाे लठ्ठि समाएर
क्रान्ति नामकाे बाध्यताकाे भारिले थिचेपछि
कतै काल्पनिक सपनाहरु मन भित्रै सहिद हाेलान
ख्याल गर है रामसाईँला
मान्छेले ऐना पनि हेर्दैन थियाे हाेला रामसाईँला
चित्रकाे ठाउँमा यदि चरित्र देखिने भए
पाेखिनु नै छ भने पनि भरिएर पाेखिनु रामसाईँला
उम्लियर पाेखिनु भनेकाे त रित्तिनु मात्रै हाे
सामन्तवादीहरुकाे बजार यति जबरजस्त छ कि
रामसाईला
कम्युनिस्ट भन्नेहरुमा पनि ब्याप्त छ
जसले कसैकाे प्रगति,उन्नति देख्नै सक्दैन
त्यसैले त रामसाईला
क्रान्तिकारीहरुकाे जीवन
भिख मागेर ल्याएकाे जस्ताे देखिन्छ
खिर खान खाेज्छन दूध पुग्दैन
भात पकाउन खाेज्छन तरकारि छैन
बेच्न खाेज्छन किलाे पुग्दैन
रामसाईला
याे सब आफ्नाे उत्पादन नहुनेकाे समस्या हाे
आत्मनिर्भर बन्न प्रयत्न नगर्ने हरुकाे समस्या हाे
रामसाईला
अब हामी आत्मनिर्भर बनाै ,अरुकाे डाहमा समय बर्बाद नगराै !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।