११ श्रावण २०८१, शनिबार

धान रोपेर समाजवाद आउदैन भन्नेहरु हाम्रो उत्पादनबाट आत्तिए : प्रदिप

0

साउन ७ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले धान रोपेर समाजवाद आउदैन भन्नेहरु भगौडा र अवसरवादी भएको वताएका छन् ।
आइतबार नेकपा पश्चिम दाङको १ बिघा जमिनमा उत्पादित मकै खेतीको अवलोकन गर्दै नेता प्रदिप सीले उक्त कुरा वताएका हुन् ।

नेकपा पश्चिम दाङका इन्चार्ज समेत रहेका नेता प्रदिपले भने- ‘ सामाजिक संजालमा धान रोपेर समाजवाद आउदैन भन्नेहरु पार्टीबाट भागेका भगौडागरु हुन् । भगौडा र अवसरवादीहरु हाम्रो उत्पादनबाट आत्तिएका छन् ।’

हामी वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा छौँ , उनले थप भने ‘ उत्पादन समाजवादको आधार हो । हामीले परिकल्पना गरेको मोडेलको नमुना दिइरहेका छौँ । हाम्रो नीतिले जनतामा उत्साह र उमंग छ भने साम्राज्यवादको डिजाइनमा पार्टीबाट भागेका भगौडाहरु पार्टीको लोकप्रियताबाट आत्तिएका मात्रै हुन् । भगौडाहरु निराश छन् । कतिबेला के बोल्ने होस पाएकै छैनन् । विप्लवले भात खाए पनि क्रान्तिकारीहरुले भात खान हुदैन भन्ने तहसम्म बेहोस छन् ।’

नेता प्रदिपले भगौडाहरुले पार्टीबाट भाग्दा संघर्षको भिन्न मोर्चा बनाएर चुनाव प्रयोग गर्दा संसदवादीको आरोप लगाएको तर सो कुरा जनतामा फैलाएको सचेत झुठ पुष्ठि भएको समेत बताए ।

उनले भने – ‘हामिले स्थानिय चुनावलाई दल दर्ता नगरी स्वतन्त्र ढंगले उपयोग गरेका थियौं जुन कुरा यो व्यवस्था मानेको भन्ने हुँदै हुँदैन । चुनाव केवल कार्यनीतिक मोर्चा हो तर पार्टीको चुनाव प्रयोगको कार्यनीतिलाई बहाना बनाएर भागेका भगौडाहरु अहिले संसदीय चुनावमा मोर्चा दर्ता गरेको पार्टीसंग एकता गरेका छन् । अवसरवादीहरु यति धेरै जाली , झेली र भ्रमपुर्ण हुन्छन् भन्ने कुरा यसबाट पुष्ठि हुन्छ ।‘

नेता प्रदिप सीले नेकपाबाट भागेका अवसरवादीहरुबाट क्रान्ती नहुने समेत जिकिर गरे ।

नेपालमा क्रान्ति हाम्रो नेतृत्वमा हुन्छ , उनले थपे,‘क्रान्ति गर्नलाइ असल कम्युनिस्ट पार्टी चाहिन्छ ,जो अहिलेको परिवेशमा नेपाल कम्युनिस्ट पार्टी मात्रै हो । क्रान्ति गर्नलाई मौलिक विचार चाहिन्छ , वैचारिक हतियार चाहिन्छ त्यो हो हाम्रो एकीकृत क्रान्तिको कार्यदिशा ।’

एक अर्को प्रसंगमा बोल्दै नेता प्रदिप सीले नेकपाले धान रोपेको बिरोध गर्नेहरु राजनीतिक भिखारी भएको समेत वताए ।

जिल्लामा उत्पादनको विषयमा बोल्दै नेता प्रदिपले पार्टी आत्मनिर्भरताको दिशामा अघि वढेको स्पष्ट पारेका थिए ।

उनले भने – ‘यो वर्ष जिल्ला पार्टीले धान र मकै उत्पादनलाई प्राथमिकता दिएको छ । भर्खरै हामीले धान रोपाइँ सकेका छौँ । हामी उत्पादनलाई बढाएर लादैछौ । माछापालनको तयारी अन्तिम चरणमा छ । श्रमभन्दा बाहिर एउटा कम्युनिस्ट नेता -कार्यकर्ताको जीवन हुँदैन भन्ने सन्देश आम नेता-कार्यकर्तामा पुर्याएका छौँ । पार्टीको उत्पादनले समाजवादको प्रचार गरेको छ ।’

मकै खेती अवलोकनको क्रममा नेकपा पश्चिम दाङका झण्डै दर्जनबढी नेता-कार्यकर्ताहरुको उपस्थितिमा गोडमेल तथा झारपात व्यवस्थापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।