६ जेष्ठ २०८१, आईतवार

नेपाली समाजको प्रमुख समस्या दलाल पुँजीवाद:डा.भट्ट

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता तथा साङ्सद दिपकप्रकाश भट्टले नेपाली समाजको प्रमुख समस्या दलाल पुँजीवाद भएको र अहिलेको पुँजीवादको आम चरित्र वित्तीय पुँजीवाद भएको टिप्पणी गरेका छन् ।आइतबार काठमाडौमा आयोजित `आजको सन्दर्भ र पुष्पलाल विषयक ´अन्तर्कृया कार्यक्रममा टिप्पणी गर्ने क्रममा साङ्सद भट्टले यस्तो टिप्पणी गरेका हुन।

“हुन त यसलाई वित्तीय पुँजीवाद पनि भनिन्छ तर त्यसको नेपाली आयाम दलाल  पुँजीवाद नै हो” उनले भने।

कम्युनिस्टहरु बिचको एकआपसमा आरोपप्रत्यपको संस्कृति नै नेपाली कम्युनिस्ट आन्दोलनको समस्या भएको भन्दै साङ्सद भट्टले अबको बाटो भनेको सेक्रीफाईस र सेल्फ करेक्सनको बाटो भएको समेत बताए।

नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान स्थितितर्फ संकेत गर्दै भट्टले हिजो राजनीतिक अर्थशास्त्रको आधारमा समाजलाई हेरिन्थ्यो अब त्यसलाई भु राजनीतिको अँखाबाट हेर्न जरुरी छ।भुअर्थराजनीतिको अँखाबाट हेर्नुपर्ने बताए।

नेपालका कम्युनिस्ट पार्टीहरुको समाजलाई बुझ्ने विगतका मान्यताहरुमा परिवर्तन गर्नु पर्ने भन्दै बिज्ञान प्रबिधिको आजको समयमा नेपाली समाजको वर्गसंरचना बदलिएकोले अब एक आपसमा बिरोध गर्नुभन्दा एक कदम भए पनि अगाडि बढ्ने गरि सोच्नुपर्नेमा भट्टले जोड दिए।

प्रज्ञा – भवनको देवकोटा सभाकक्षामा भएको कार्यक्रममा एमाले नेता डा दिप्तप्रकाश भट्ट , एकीकृत समाजवादी नेतृ अरुणा पराजुली, हरि रोका, गोपिरमण उपाध्यायले टिप्पणी गरेका थिए भने कार्यक्रमलाई धनकुमारी सुनारले सहजीकरण गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।