२५ बैशाख २०८१, मंगलवार

वैज्ञानिक युगमा एन्टिम्याटर एक रहस्य

0

हामीले प्राय जसो सुनिरहेको शब्द भनेको “म्याटर”हो। तर एन्टिम्याटर शब्द सबैको लागि प्राय नौलो नै हुनसक्छ।एन्टिम्याटर एक वैज्ञानिक जगतको लागि खोजी तथा रहस्यमय बिषयको रूपमा खडा भएको छ किनकी जतिनै यसको बारेमा खोजी तथा अध्ययन गरेपनि यो एक रहस्यमय बिषय बन्दै गइरहेको छ। प्राय सबै बस्तुहरु पदार्थबाट नै बन्ने गर्दछन। सामान्यतया एटम बाट नै पदार्थ बन्ने गर्दछ, जसमा प्रोटोन,न्युट्रोन र इलेक्ट्रोन हुन्छ। प्रोटोन र न्युट्रोनलाई इलेक्ट्रोले परिक्रमा गरीरहेको हुन्छ।प्रोटोनले पोजेटिभ चार्ज लिने गर्छ भने न्युट्रोनले नल चार्ज लिने गर्छ, त्यसै गरि इलेक्ट्रोन नेगेटिभ चार्ज लिने गर्छ।के हामीले कहिल्यै सोच्यौ? यदि पोजेटिभ हुने ठाउँमा नेगेटिभ र नेगेटिभ हुने ठाँउमा पोजेटिभ चार्ज भयो भने के हुन्छ होला भनेर? के त्यस्तो प्रकारको पार्टीकलसको एरेन्जमेन्ट सम्भव छ त?यि यावत बिषयलाई बुझ्ने एक अनौठो पदार्थ हो ” एन्टिम्याटर “

एन्टिम्याटरको बारेमा विभीन्न खोज तथा अनुसन्धानहरु हुदै आएपनि ठोस कुरा भने अझै पत्ता लाग्न सकेको छैन।एन्टिम्याटरको बारेमा बुझ्नको लागि हामीले सर्बप्रथम पदार्थ के हो,कसरी बन्छ,कुन-कुन पार्टीकलसको संगलग्नता हुन्छ आदी कुरा बुझ्न जरुरी छ। पदार्थ एक त्यस्तो बस्तु हो जसको पिण्ड,तौल हुन्छ।पदार्थ रसायनिक तवरले सबएटोमिक अर्थात प्रोटोन,न्युट्रोन र इलेक्ट्रोन पार्टीकलसहरु मिलेर बनेको हुन्छ।जसलाई हामी फन्डामेन्टल पार्टीकलस पनि भनेर भन्ने गर्छौ।

एन्टिम्याटरलाई हामी एन्टिपाटिकल्स पनि भन्ने गर्छौ।एन्टिम्याटर एक विश्वकै महँगो पदार्थ हो जसको एक ग्रामको छ सय पच्चिस खर्ब डलर पर्नेगर्छ।धेरैलाई थाहा नहुन पनि सक्छ संसारकै सवैभन्दा महङगो पदार्थ भनेको नै एन्टिम्याटर हो।विज्ञानको दुनियामा यो एक रहस्यमय पदार्थको रुपमा चिनीन्छ।एन्टिम्याटर पदार्थको नामबाटै यो प्रस्ट हुन्छकी यो पदार्थ पृथ्वीमा पाइने अरु पदार्थहरुभन्दा विपरीत छ।यो पदार्थको अणु र संरचना पनि सामान्य पदार्थहरु भन्दा निकै नै फरक रहेको छ।

एन्टिम्याटरमा विधुतधारा पनि विपरीत दिशामा वहने गर्दछ।वैज्ञानिकहरूका अनुसार पृथ्वीको उत्पती हुदा नै प्रतिपदार्थ अर्थात एन्टिम्याटर बनेको थियो।आकाशिय पिण्डहरुको विस्फोटन पश्चात एन्टिम्याटरको उत्पति भएको हुन्छ। तर अहिले ब्रहमाण्डमा प्रतिपदार्थ दुर्लभ अवस्थामा रहेको पाइन्छ किनकी एन्टिम्याटर र सामान्य पदार्थको बिष्फोटन हुन्छ जसले गर्दा एन्टिम्याटर नष्ट हुन पुग्छ।एन्टिम्याटर कुनै काल्पनिक वस्तु नभएर वास्तवीक वस्तु नै हो।सन १९२८ मा पल डिराकले सर्बप्रथम एन्टिम्याटरको बारेमा अध्ययन गरेका थिए।

संसारको सबैभन्दा महङगो वस्तु भन्ने वित्ति कै हाम्रो मस्तिष्कमा सुन,चादी,हीरा,मोती आदी आउने गर्दछ तर एउटा एन्टिम्याटर एक तेस्तो वस्तु हो जसको एक ग्रामको छ सय पच्चिस खर्ब डलर पर्ने गर्छ।

एन्टिम्याटर सामान्य म्याटर भन्दा पृथक छ, एन्टिम्याटरमा पार्टीकलसहरुको एरेन्जमेन्ट निकै नै फरक छ।एउटा सामान्य पदार्थमा न्युक्लियस भित्र प्रोटोन र न्युट्रोन हुन्छ र त्यसलाई इलेक्ट्रोनले परिक्रमा गरिरहेको हुन्छ। तर एन्टिम्याटरको विचमा एन्टिप्रोटोन हुन्छ जसको चार्ज नेगेटिभ हुन्छ अर्थात नकरात्मक हुन्छ। र एन्टिन्युट्रोनहरु पनि बिचमै रहन्छ र त्यसलाई पोजिसट्रोनले परिक्रमा गरिरहेको हुन्छ जसको चार्ज पोजेटिभ अर्थात् सकरात्मक हुन्छ यसै कारणले यो सामान्य पदार्थ भन्दा निकै नै पृथक मानिन्छ।अचम्मको कुरा त के छ भने जब सामान्य पदार्थ र प्रतिपदार्थ एक आपसमा ठोकिन्छन तब तिनीहरुले एक अर्कालाई ध्वस्त पारिदीन्छन।

एन्टिम्याटर एक ज्यादै महत्वपूर्ण पदार्थ हो। जसको प्रयोग विशेष गरेर न्युक्लियर बमहरु बनाउन प्रयोग गर्ने गरिन्छ।र यसको प्रयोग बिशेष गरेर मिलेटरी क्यापमा नि प्रयोग भएको पाइन्छ।हाम्रो शरिरमा हुने गरेका विभीन्न क्यान्सरहरुको उपचारको लागि समेत एन्टिम्याटर प्रयोग गर्ने गरिन्छ।त्यति मात्र नभएर यसलाई रकेट फ्युलको रुपमा समेत प्रयोग गर्न सकिन्छ।
वैज्ञानिकहरुका अनुसार यदि हामीले एन्टिम्याटरलाई फ्युलको रुपमा प्रयोग गर्यौ भने प्रकाशको गति भन्दा पचास प्रतिशतले रकेटलाई तिब्र गतिमा उडाउन सकिन्छ।यो सुन्दा हामीलाई अचम्म लाग्न सक्छ किनकी आजसम्म प्रकाशको गति अर्थात 3×10^8m/sec लाई च्यालेन्ज गर्ने कुनै चिज आएको छैन तर एन्टिम्याटर तेस्तो चिज हो जसले प्रकाशको गतिलाई समेत च्यालेन्ज दिन सक्छ।

यति कुराहरु थाहा पाइसकेपछी हाम्रो मनमा एउटा प्रश्न उब्जिएको छ। त्यो हो यदि हाम्रो पृथ्वीमा एन्टिम्याटरको यति धेरै उपयोग छ भने हामी किन यसलाई वनाउन सक्दैनौ?यसको उत्तर रहेको छ।पृथ्विमा प्रतिपदार्थ निकै दुर्लभ रहेको छ,पृथ्वीमा यसको कृतिम उत्पादन गर्न निकै कठिन छ।
जव पृथ्वीको उत्पती भयो त्यती वेला नै एन्टिम्याटरको पनि उत्पती भयो भन्ने अनुमान गरिएको छ।जति मात्रामा नर्मल पदार्थहरु पृथ्वीमा रहेका छन त्यतिनै एन्टिम्याटर हुन परथ्यो तर त्यसको बारेमा अझै अध्ययन हुन सकेको छैन।

वैज्ञानिकहरु कृतिम एन्टिम्याटर वनाउन तर्फ अग्रसर भएका छन तर यो निकैनै कठिन छ किनकी एक ग्राम एन्टिम्याटर वनाउन दशौ हजार बर्ष लाग्न सक्छ। र यसलाई स्टोर गरेर राख्न पनि निकै कठिन छ किनकी यदि यो नर्मल म्याटरको सम्पर्कमा आयोभने पुरै एन्टिम्याटरनै ध्वस्त हुन्छ।यदि भुइमा खस्यो भने पुरै सहर नै ध्वस्त हुन सक्छ।लागत र समयका हिसाबले यो वनाउन निकै नै कठिन छ।

कुनै दिन आफुलाई विकसित देशहरू ठान्नेहरुले कृतिम एन्टिम्याटर बनाउन सफल भए भने यसले न्युक्लियर उर्जालाई उछिन्ने निश्चीत छ। र वैज्ञानीक युगमा ठुलो क्रान्ति आनेछ।

( जोशी रसायनशास्त्र केन्द्रिय विभाग (चौथो सेमेस्टरमा अध्ययनरत विधार्थी हुन)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।