२५ बैशाख २०८१, मंगलवार

माओवादी एकताको मार्गचित्र के होला ?

0

(१ )माओवादी एकताको लागि क. प्रचण्डले भने जस्तो `संसदीय फोहोर मैलो पखाल्नु पर्ला´ कि क. प्रभाकरले भने जस्तो `विप्लवले गल्ती स्विकार्नु पर्ला ?´ हाम्रो विचारमा क. प्रचण्डले भने जस्तो गरेपछि र भएपछि एकता हुन्छ र गर्नुपर्छ । साथै कुनै एउटाले हैन कि सबै नेताले आत्मसमिक्षा गर्न आवश्यक छ । लाग्छ कि प्रमुख नेता (प्रचण्ड र विप्लव ) ले आत्मसमिक्षा गरेका पनि छन तर जसले गरेका छैनन उनले अरुलाई मात्रै उपदेश दिरहेका छन । साथै यो पनि सत्य हो कि माओवादी एकताको लागि क.प्रभाकर र क. अनन्त सहमत हुनु आवश्यक हुन्छ र हुने पनि छन।

(२) कारण बिनाको परिणाममा सिमित वा केन्द्रित हुनु अर्ध-ज्ञान हुनु हो । माओवादी शक्तिशाली र कमजोर हुनुको कारण छ । हाम्रो विचारमा देश र जनता तथा सामुहिक स्वार्थका लागि माओवादीले गरेको त्याग, समर्पण र बलिदानको कारण उ शक्तिशाली भयो तर म र मेरो तथा ब्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने दिशा समातेपछी उ कमजोर भयो र फुट्यो पनि ।

(३) माओवादी एकताको लागि जनयुद्धकालिन सामुहिकता, निश्पक्षता, समानता, त्याग, समर्पण र बलिदानको कम्तीमा २५% मात्रै पुनस्थापना गर्न र हुन आवश्यक छ ,खासगरी माओवादी केन्द्रमा भने नेकपामा त जनयुद्धकालिन मुल्य / मान्यता मौज्दात छ उसले विगतबाट सिकेर सतर्क बन्दै नबिग्रीए पुग्छ ।

(४) माओवादी एकता आजको बस्तुगत आवश्यकता हो तर यसका विरुद्ध `चेनी डक्ट्रीन´ खतरापूर्ण ढंगले लागू भैरहेको छ । यो इराक युद्धताकाको अमेरिकी उपराष्ट्रपति डिक चेनीसग जोडिएको नीति हो । जसले नभएको कुरालाई उचालेर सम्भावनाबाट मान्छेको ध्यान अर्कोतिर मोडिदिन्छ । उता त्यसको सिद्धान्त `वार अफ च्वाइस´ ( युद्धको रोजाइ ) थियो भने यता त्यो `पावर अफ च्वाइस´( शक्तिको रोजाइ )मा व्यक्त भैरहेको छ ।

(५)माओवादीले एकपटक जनयुद्ध सम्झौ, सहिद, बेपत्ता र घाइते सम्झौ ती क्रान्तिकारी जनता सम्झौ । अब मेरा लागि हैन कि फेरि देश, जनता तथा सामुहिक स्वार्थका लागि आफुलाई समर्पण गरौ । भविष्यमा जनयुद्ध र माओवादीलाई अपराधी साबित गरि दण्डित गर्ने वर्ग दुश्मनको रणनीति असफल बनाउन माओवादी एकताको लागि सकिन्छ सकारात्मक योगदान गरौ सकिदैन बिरोध र अबरोध नगरौ ।

अहिले समाजवादी गणतन्त्रको लागि समाजवादी मोर्चा प्रभावकारी बनाउ । किनकि परिवर्तन बिज्ञानको नियम हो । माओवादी मात्रै होइन सबै कम्युनिस्ट र समाजवादीको एकताको वकालत गर्दै ब्यबहारिक रुप दिउ । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।