![](https://janapatrika.com/wp-content/uploads/2023/07/IMG_20230724_105442.jpg)
काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी केन्द्रिय सदस्य तथा युवा नेतृ करुणा पराजुलीले नेपालका एकथरी कम्युनिस्ट नेताहरू वर्तमान पुँजीवादले नै सुधार गरिदिन्छ भनेर अझै भ्रम पालेर बसेको टिप्पणी गरेकी छ्न।आइतबार काठमाडौको प्रज्ञा- भवनमा आयोजित `आजको सन्दर्भ र पुष्पलाल बिषयक´ अन्तर्कृया कार्यक्रममा बोल्दै नेतृ पराजुलीले यस्तो टिप्पणी गरेकी हुन।
“नेपाली समाज बिश्वपुजीवादी संरचनाको अंग हो,हामी ६०/७० बर्ष अघिको समाजमा छैनौं, तर अब नेपाल अर्धसामन्ती र अर्ध उपनिवेशिक भनेर गरिने पुरानो बिष्लेषणको ठाँउमा छैन। हालै २०० बढी अर्थशास्त्रीहरुले दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी धनी र गरिव बिचको दुरी बढेको निष्कर्ष दिएका छन। यस्तो बेलामा समेत एकथरी कम्युनिस्ट नेताहरू अझै पुँजीवादबाट सुधार हुन्छ भनेर भ्रमित छ्न” नेतृ पराजुलीले भनिन् ।
कार्यपत्रमाथी टिप्पणी गर्ने क्रममा उनले विश्वको आन्दोलन बुझ्न जसरी मार्क्स पढ्नुपर्छ ,त्यसरी नै नेपाली कम्युनिस्ट आन्दोलनमा पनि पुष्पलाल सन्दर्भ सामग्री हो पराजुलीले जोड दिईन-“जसरी मार्क्सलाई छोरीको मृत्युुको कात्रो पाउन गार्हो भयो, समाजवादी विचार अङ्गीकार गरेका कारण रोजा टुक्रा टुक्रा भएर काटिनु पर्यो,ग्राम्स्की लामो समय जेलमा रहनु भयो यी कुराहरूलाई समेत पुष्पलालको स्मृतिमा चर्चा गर्नु जरुरी छ।”
नेपाली समाजको अर्थराजनीतिक चरित्रबारे विश्लेषण गर्ने क्रममा अहिलेको पुँजीवाद वित्तिय पुँजीवाद भएको र यो योङ्ग अवस्थामा रहेको भन्दै आजको पुँजीवादको चरित्रको बिश्लेषणबारे गहन मन्थन जरुरी छ, त्यसैले आजको उत्पादन सम्बन्धका सोसल फोर्सेस के के हुन? कम्युनिस्ट पार्टीले कसको विरुद्ध र कसको पक्षमा लेड्ने हो? भनेर स्पस्ट हुनुपर्ने बेला आएको उनको भनाइ थियो।
प्रज्ञा – भवनको देवकोटा सभाकक्षामा भएको कार्यक्रममा एमाले नेता डा दिप्तप्रकाश भट्ट , हरि रोका, गोपिरमण उपाध्यायले टिप्पणी गरेका थिए भने कार्यक्रमलाई धनकुमारी सुनारले सहजीकरण गरेकी थिइन् ।