६ जेष्ठ २०८१, आईतवार

अखिल(क्रान्तिकारी) छात्रा विभागद्वारा राम एकवाल दासलाई चेतावनी,सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग

0

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा बिभागले राम एकवाल दासलाई सार्वजनिक रुपमा माफी माग्न चेतावनी दिएको छ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा केन्द्रीय छात्रा बिभाग प्रमुख तारा सी ले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संगठन अन्याय ,अत्याचार ,दमन,शोषण ,महिला हिंसा ,विभिन्न खाले विभेद ,विकृति ,विसंगति विरुद्ध अनवरत संघर्ष गर्दै आएको र केही दिन अगाडी सार्वजनिक राम एकवाल दास द्वारा लिखित “नेपाल वनसेवा दिग्दर्शन ग्याम स्काउट बन रक्षक सफलतालताको साथी” नामक पुष्टकमा पृष्ठ नं १४३ प्रश्न नं १८ छात्रा तथा महिलाहरुको अपमान हुने शब्द राखीएको प्रति बिरोध तथा भत्सर्ना तथा आपत्ति व्यक्त गरेकी छिन।

साथै विज्ञप्तिमा भनिएको छ -“कुनै पनि अप्रिय घटना घट्नु अगाडि नै लेखक तथा प्रकाशकले आफ्नो पुस्तकबाट उक्त शब्द तत्काल हटाइ सार्वजनिक स्थानमा माफी माग्न चेतावनी दिन चाहन्छौं अन्यथा संगठन छात्रा विभाग उच्च तहको कार्वाही गर्न बाध्य हुनेछ।”

राम एकवाल दास हाल बन तथा वातावरण मन्त्रालयमा कार्यरत छ्न।उनको उक्त पुस्तकमा महिला तथा छात्राहरु लक्षित प्रश्नहरु सार्वजनिक भएपछी चौतर्फी बिरोध सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।