११ श्रावण २०८१, शनिबार

निर्देशक सुशील थापाले कर छली र ठगी गरेको भन्दै नेकपाद्वारा प्रदर्शन

0

काठमाडौं । नयाँ पत्रिका राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक सुशील थापाले कर छली र ठगी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रदर्शन गरिएको छ। सोमवार काठमाडौंको बुढानिलकणठ स्थित उनको घर अगाडि नेकपाका नेता कार्यकर्ता र स्थानियले विरोध प्रदर्शन गरेका थिए।

नयाँ पत्रिका राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक समेत रहेका सुशील थापाले ७ करोड पर्ने घरजग्गा २ करोडमा हात पारेको पाइएको थियो । प्रभु बैंकको मिलेमत्तोमा थापाले काठमाडौंको बरमहलमा रहेको १० आना २ दाम १ पैसा घरजग्गा आफ्नो परिवारको नाममा नामसारी गरेका थिए।

ढुवानी व्यवसायी ज्ञान गोबिन्द वैद्यको सम्पत्ति तत्कालिन किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीको मिलेमत्तोमा कानुनी प्रक्रिया मिलाई थापाले आफ्नो नाममा नामसारी गरेको पाइएको बताईएको छ। पीडित बैद्यले आफूलाई जानकारी नगराई भूमाफिया तथा बैंकका प्रोमोटर मधुसूदन सिलवाल, बैंकका तत्कालिन सीईओ कमल ज्ञवाली र पत्रिकाका कार्यकारी निर्देशक थापाले प्रभु बैंकको केन्द्रीय कार्यालय पछाडिको घर खाईदिएको पत्रकार सम्मेलनको आयोजना गरेर जानकारि गराएका थिए।
उक्त किष्ट बैकबाट लिएको तीन करोड पटक–पटक गरि ४२ लाख ब्याज तिर्दातिर्दै पनि एक बर्ष सात महिनाभित्रै बैंकले लिलाम गरिदिएको थियो।

बैंकले पिडित वैद्यलाई जानकारी समेत नगराई पत्रिकाका कार्यकारी निर्देशक थापालाई लिलाम गरेको थियो।

कोण सभामा सम्बोधन गर्दै नेकपा नेता चिरञ्जीवी सी ले सर्वसाधारण जनतालाई ठगेर उठिवास नलगाउन चेतावानी दिएका छन्। उनले यस्ता ठगहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसंग माग समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।