२३ भाद्र २०८१, आईतवार

”समाजवाद र समाजवादी शिक्षाका आधार” विषयक कार्यक्रम सम्पन्न

0

काठमाडौ /समाजवादी मोर्चा नेपाल सम्बद्ध विद्यार्थी संगठनहरुको आयोजनामा ”समाजवाद र समाजवादी शिक्षाका आधार विषयक बृहत कार्यक्रम ललितपुर स्थित हिमालय इन्जिनियरिङ कलेज च्यासलमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , विशिष्ठ अतिथि पुर्व प्रधानमन्त्री तथा नेकपा ( एकीकृत समाजवादी ) अध्यक्ष माधव कुमार नेपाल , विशिष्ट अतिथि जसपा अध्यक्ष उपेन्द्र यादव , विशिष्ट अतिथि नेकपाका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्राक्सन इन्चार्ज उमा सी, विशिष्ट अतिथी शिक्षा मन्त्री अशोक राई लगाएत सम्पुर्ण मोर्चा सम्बद्ध विद्यार्थी संगठनका अध्यक्षहरु,विद्यार्थी नेताहरु , विद्यार्थी,पत्रकारको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनहरुको आयोजनामा गरिएको कार्यक्रम निकै सान्दर्भिक भएको बताए साथै शैक्षिक क्षेत्र रुपान्तरणमा आफू लागेको बताए ।सबै क्षेत्रमा भ्रष्टाचार, बेथिति रहेकाले त्यसको अन्त्यका लागि आफ्नो नेतृत्वको सरकार लागि परेको र त्यसमा युवा विद्यार्थीको साथ आवश्यक रहेको बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवाद स्थापनाको निम्ति ४ पार्टीको बिचमा मोर्चा निर्माण भएको र त्यसमा समाजवाद चाहने सबैलाई गोलबद्द गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा अर्का विशिष्ट अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हिमाल ,पहाड, तराई, मधेस सबै क्षेत्रका जनता एक भएर समाजवाद स्थापना गर्ने बाटोमा लाग्नु पर्ने बताए ।समाजवादबाट मात्र तमाम समस्या हल हुने उनको दावी थियो।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सी ले सरकारले तमाम खाले विकृति ,विसंगति भ्रष्टाचार विरुद्ध सकारात्मक कदम चलाइरहेको र त्यसमा आफ्नो पार्टीको साथ रहेको बताइन।साथै यो व्यवस्था असफल भैसकेकोले वैज्ञानिक समाजवाद स्थापना अनिवार्य रहेको बताइन्।
कार्यक्रमका अतिथि शिक्षा मन्त्री अशोक राइले आफुले शैक्षिक क्षेत्रमा देखिका समस्या हरुलाइ हल गर्ने प्रयत्न गरिरहेको बताए।
कार्यक्रममा अखिल (क्रान्तिकारी )का अध्यक्ष प्रकाश शाहीले शैक्षिक क्षेत्रमा देखिएका तमाम समस्या ,अथवा बिकृती विसंगति ,बेथिति भ्रष्टाचार विरुद्ध सरकार खुट्टा नकमाएर काम गर्न सुझाव दिएका थिए ।साथै उनले शिक्षा सर्वसुलभ ,बैज्ञानिक व्यवहारिक बनाउले तर्फ सरकार लाग्नु पर्ने बताए ।मेडिकल विद्यार्थीहरु ७२ दुन देखि परिक्षा दिनु पर्ने माग राख्दै धर्ना बसिरहेकाले सरकारले तत्काल विद्यार्थीको समस्य हल गर्न आग्रह गरेका थिए।

कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले सबै कम्युनिस्ट वामपन्थी विद्यार्थी एक भएर समाजवादको दिशामा अगाडि बढ्नु पर्ने समय आएको बताइन् ।
अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादबले राखेका थिए भने संचालन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।