९ जेष्ठ २०८१, बुधबार

“सहायता एउटा धोका हो”

0

साम्राज्यवादको असली अनुहारलाई उदाङ्गो पार्ने एउटा सशक्त व्यक्ती हुन फेलिक्स ग्रीन।  उनले  अमेरिकी साम्राज्यवादले विश्वव्यापी रुपमा  सहायताका नामबाट लुट, दोहन, हस्तक्षेप , नियन्त्रण र आक्रमण  कसरी गरिरहेको छ भन्ने विषमा  तथ्यमुलक  कृतिहरु प्रकाशित गरेकाछन। पुस्तक मात्र होइन उनले चलचित्रहरु पनि निर्माण गरेकाछन।

   महान जनयुद्धका  समयमा उनको एउटा पुस्तक “दुश्मन “(The enemy ) म संग थियो । देशव्यापी  जनसत्ताहरु स्थापित हुने क्रममा तत्कालीन अवधप्रदेशका जिल्लाहरूमा पनि जनसत्ताहरु स्थापित भए। जन सत्ताका समाचार र गतिविधिहरु प्रचार प्रसार गर्नका निम्ति बुटवलबाट ” नयाँ विचार “नामक साप्ताहिक पत्रीका प्रकाशित गर्न थालियो।

त्यही “दुश्मन “पुस्तकको एउटा शीर्षक थियो “वैदेशिक सहायता “एउटा असाधारण छलकपट। त्यसलाई उल्था गरि उक्त” नया विचार ” साप्ताहिकमा क्रमशः प्रकाशित गरिएको थियोे ।  त्यो पुरै प्रकाशित हुन पाएको थिएन  ।

तत्कालीन शाही नेपाली सेनाको घेरावन्दी र फाइरिङबाट आफू त बाच्न सफल भइयो तर दुश्मन बाट “दुश्मन ” बचाउन सकिएन। अहिले बजारमा त्यो पुस्तक कतै पनि पाउन सकिएन। शिक्षक, लेखक तथा अनुवादक  मीत्र  देवेन्द्र तिम्लाले  गुगलबाट प्रतिलिपी  उतारेर उपलब्ध गराउनु भएको छ। उहालाई धेरै-धेरै धन्यवाद ।

समयले साथ दिए सम्म  सके पुरै किताब नसके  मुख्य – मुख्य शीर्षकहरुको छनोट गरि प्रकाशन गरिने छ।  हुनत फेलिक्स ग्रीनको यो पुस्तक सन १९९२मा प्रकाशित भएको हो ३१-३२वर्ष पुरानो कुरा पनि लाग्ला।तर  उनले उठाएका विषयवस्तुहरुको सान्दर्भिकतामा कमि आएको छैन। हाम्रै देशमा पनि  वैदेशिक साम्राज्यवादी सहयोग बिना देश चल्नै सक्दैनभन्ने दलाल पुजीवादी शासक र तिनका पक्षधर  बुद्धिजीवीहरु द्वारा  राष्ट्रघाती MCC सहायता संझौताको जसरी  वकालत गरिरहेका छन तिनको कुनियत बुझ्न यो लेख अत्यन्त सान्दर्भिक छ। पुरै लेख उल्था गरि भ्याए पछि प्रकाशित हुनेछ।अहिले  फेलिक्स ग्रीनले सम्पुर्ण तथ्यहरु प्रष्ट पारिसकेपछी  साम्राज्यवादी सहायताको असली रुपलाई आफ्नो  निष्कर्ष सहित उल्लेख गरेका बुदाहरुलाई मात्र यहाँ  राखिएको छ।

विज्ञ तथा जिज्ञासु पाठहरुका निम्ति  यी बुदाहरुले पनि साम्राज्यवादी सहायता कति घातक हुन्छ भन्ने कुरा सहजै बुझ्न मद्दत पुग्नेछ। दोस्रो विश्वयुद्ध  पश्चात्  अमेरिकी साम्राज्यवादले तयार गरेको “मार्शलप्लान” अन्तर्गतका विषयवस्तुहरु माथी आधारित भएर यी निष्कर्ष  निकालिएको छ।
*——“सहायता” द्वारा पुजीवादी ढाचा अन्तरगत आफ्ना अर्थव्यवस्थाहरुलाई पुनर्जीवित गर्न युरोपीय देशहरुका निम्ति सहायक बन्यो।
* —“सहायता” ले “साम्यवादबाट सुरक्षा ” को बाहानामा
आफ्ना शसस्त्र सेनाहरुलाई स्थायी रुपमा युरोपमा राखिरहन अमेरिकालाई सहयोग गर्‍यो ।
*—–“सहायता” द्वारा अमेरिकी समान खरिद गर्न अन्य
देशहरुलाई क्रयशक्ति प्रदान गरेर अमेरिकाको आर्थिक मन्दिलाई रोकियो।
*——” सहायता” ले अमेरिकी अतिरिक्त उत्पादनहरुलाई
अन्य देशहरुमा बिक्री गर्नका लागि  उपयोगी साधन प्रदान गर्‍यो ।
*—–” सहायता” द्वारा  विदेशहारुमा निर्यात गर्ने अमेरिकी कम्पनीहरुलाई  चोरदैलोबाट अनुदान  दिइयो,जसको भार अमेरिकी करदाताहरुले बहन गर्नु पर्यो।
*—–“सहायता” एउटा माध्यम हो जसद्वारा अमेरिकाले अन्य देशहरुलाई दबाएर आर्थिक एवम् राजनैतिक रुपबाट ऊनीहरुको दोहन गर्दछ।
*——-” सहायता” ले प्रतिस्पर्धी पुजीवादी देशहरुका   हितहरुमाथी हस्तक्षेप गर्ने र उनीहरुलाई ती बजारहरु(मण्डिहरु) बाट बाहिर लखेट्ने साधन प्रदान गर्दछ जहाँ पहिले उनीहरुको अधिकार थियोे ।
*——“सहायता” द्वारा अमेरिकी पुजी लगानी कर्ताहरुका
निम्ति अल्पविकसित देशहरूमा लगानीका लागि पुरै ढोका खुल्ला गराइन्छ।
*—–“सहायता”को प्रयोग अन्य देशहरुमा अमेरिकी सेनाहरुको उपयोगका निम्ति  अड्डा एवम् अन्य सुविधाहरु प्रदान गराउनका निम्ति  गर्ने गरिन्छ।
*——“सहायता” गरीब देशहरुको गरीबीलाई कम गर्नसहायक हुँदैन । त्यसले उनीहरूलाई अपेक्षाकृत झनै धेरै गरीब बनाउदछ।
*——-“सहायता” ले गरीब देशहरुलाई स्थायी रुपबाट ऋणग्रस्त बनाई राख्ने र उनीहरुको पछौटेपनलाई  यथावत कायम राख्ने गर्दछ।
*——-“सहायता” ले अपेक्षाकृत गरीब देशहरुको स्वाधीनताको मार्ग प्रशस्त गर्दैन बरु उनीहरूलाई झनै धेरै पराबलम्वी बनाउदछ।
*——-“सहायता” निरङ्कुश गुटतन्त्रहरुलाई सत्तामा टिकाइरहने साधन हो र उनीहरूद्वारा  विदेशी तथा स्थानीय उत्पीडनबाट मुक्ति पाउने प्रयासमा लागेका जनगणद्वारा गरिने समस्त आन्दोलनहरुलाई दमन गराउने साधन हुन्छ।
* “सहायता” अन्य देशहरूमाथि आर्थिक, राजनैतिक एवम् सैन्य अधिपत्य जमाउने एउटा हतियार हो।

(*”सहायता” एउटा धोका हो”–फेलिक्स ग्रीन, दुश्मन पृष्ठ १३०-१३१)
अनुवादक:भेषराज सी


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।