५ मंसिर २०८१, बुधबार

राजनीतिमा परिवारवाद

0

       भेषराज सी

नेपाली राजनीतिमा परिवारवादको  चर्को आलोचना निरन्तर चलिरहेको छ ।  वंशवाद, परिवारवाद, नातावाद र कृपावाद  राजनीतिक क्षेत्रमा अत्यन्त प्रयोग भैरहने पदावली हुन् ।  यिनलाई  परिभाषित गरि स्पष्ट धारणा बनाउन आवश्यक छ । यसै विषयमा छोटो चर्चा गरौँ ।
सर्वप्रथम परिवारवादबारे  केही सन्दर्भ  उल्लेख गरौँ;
“Familialism is an ideology that puts priority to family .” अर्थात  परिवारवाद एउटा विचारधारा हो जसले परिवारलाई प्राथमिकता दिने गर्दछ।   “It is the method of desisibility or
Familyism rule in which one after one  family or group one later had another.
Rular is becoming a rular. For descriptions in democracy. There is no place but still in many contries there is a descent domination.  description is the reservation of the inferior category . This can be called an improved form of monarchy. Descendives, modern political principles and progressivity is against .” – w https://hi.m. wikipedia orgwiki.

अर्थात “वंशवाद या परिवारवाद शासनको त्यो पद्धति हो जसमा एउटै परिवार, वंश वा समूहबाट एकपछि अर्को कैयौ शासक
बन्दै जान्छन् । लोकतन्त्रमा वंशवादका लागि कुनै स्थान हुँदैन तर पनि अनेक देशहरूमा अहिले पनि वंशवाद हावी छ। वंशवाद निकृष्ट्तम कोटिको आरक्षण हो ।
यसलाई राजतन्त्रको एउटा सुधारिएको रुप भन्न सकिन्छ । वंशवाद, आधुनिक राजनैतिक सिद्धान्त एवं प्रगतिशिलताका विरुद्ध छ ।”
“समाज के हितों कि उपेक्षा कर परिवार के लोगों के संवर्धन कि नीति”- हिन्दी शब्दकोष । अर्थात”  समाजका हितहरुको उपेक्षा गरेर परिवारका सदस्यहरुको भरणपोषण गर्ने नीति ।”
नेपालको राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित  बृहत
शब्दकोषमा हाजारौ शब्दहरू छन् तर परिवारवाद र वंशवाद भन्ने शब्दहरु नै राखिएन किनभने त्यो राजतन्त्रका पालामा छापिएर होला । एउटा शब्दकोषमा समेत परिवारवाद – वंशवाद छाप्न रोक लगाइयो ।

उपरोक्त कथनहरुले के पुष्टि गर्दछन् भने वंशवाद सामन्ती राजतन्त्रात्मक शासन व्यवस्थासंग सम्वन्धित छ भने परिवारवाद सामन्ती प्रवृत्तिको परिवर्तित रुप  कुलीन शासक वर्गसंग सम्वन्धित छ। जन्मजात  अधिकार पाउनु वंशवाद हो भने राजनीतिक आन्दोलनमा कत्तिपनि योगदान नगरेका कुनै शक्तिशाली नेताको श्रीमान वा श्रीमति, छोरी वा छोरा भएकै कारण  कुनै योगदान वा क्षमता विना सरकारी पद प्राप्त गर्नेलाई परिवारवाद भन्नू उपयुक्त हुन्छ  तर आफ्नो श्रीमती, श्रीमान वा आफ्ना आमा बुबा  तथा दाजु भाइ दिदीबहिनी सँगसँगै राजनीतिक आन्दोलनमा होमिएकाहरुलाई समेत परिवारवाद्को आलोचनाको एउटै जातोमा पिस्नु उचित हुँदैन । विशेष रुपले ख्याल गर्नु पर्ने कुरा के छ भने  कुनै पनि नेताको परिवारिक सम्बन्ध भएकै कारण कसैको पनि त्याग,  योगदान र क्षमताको अवमूल्यन गर्नु हुँदैन । उसले पनि योग्यता र आवश्यकता अनुसारको जिम्मेवारी पाउनु पर्दछ । यद्यपि  यसरी जिम्मेवारी दिदा ऊ भन्दा बढी त्याग, योगदान र क्षमता भएका व्यक्तिलाई पाखा लगाएर नेतृत्वले परिवारिक सदस्यलाई विशेष प्राथमिकता दिनु हुँदैन । यसो गर्दा परिवारवाद ठहर्न जान्छ। नेपालको राजनीतिमा भएको यहि हो ।
नेपालका हरेक आन्दोलनको समयमा र विशेषगरी कम्युनिस्ट आन्दोलनमा सिङ्गो परिवारलाई  सहभागी बनाउन विशेष  जोड दिने गरियो । कैयौ कम्युनिस्ट नेताहरुले पार्टीभित्रै पार्टीकै योजनामा विवाह गरे । पति-पत्नी दुबै आन्दोलनमा होमिए ।   छोराछोरी , दाजुभाई दिदीबहिनीहरु आन्दोलनमा होमिए । दशवर्षे महान जनयुद्धमा त दर्जनौको संख्यामा कसैका पति कसैका पत्नी, कसैका छोराछोरी , दाजुभाई  दिदीबहिनी शहीद भए, कैयौका अहिलेसम्म न सास न लासको अवस्थामा बेपत्ता छन् । जो संयोगले बाच्न सफल भए तिनीहरुले क्षमता र योग्यतानुसारको जिम्मेवारी पाउँदा बाहिरबाट परिवारवादको आरोप लगाउनु न्यायसंगत हुँदैन । किनभने आन्दोलनका बेलामा परिवार र आफन्तजनलाई  सहभागी बनाउन प्रोत्साहन गर्ने तर पदीय जिम्मेवारी दिदा परिवारवादको आरोप लगाउनु कसरी न्यायसंगत हुन सक्छ?  साधारण  उदाहरणका लागि  देउवा पत्नी आरजु र  भन्डारी पत्नी विद्या, भट्टराई पत्नी हिसिला, प्रचण्ड पुत्री रेणुलाई एउटै खालको परिवारवादको बिल्ला भिराउनु  कसरी न्यायसंगत हुन्छ ?


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।