२६ बैशाख २०८१, बुधबार

नेकपा सर्लाहीले लखेट्यो नागरिकलाई टचर दिने लघुवित्तका कर्मचारी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले नागरिकलाई बारम्बार टचर दिने लघुवित्तका कर्मचारीलाई लखेटेको छ । शनिबार नागरिकलाई टचर दिदै किस्ता उठाउन आएका जीवन विकास लघुवित्तका कर्मचारीलाई नेकपा सर्लाहीले लखेटेको हो ।

सर्लाही जिल्लाको हरिवन नगरपालिका क्षेत्रमा जीवन विकास लघुवित्तले सर्वसाधारणलाई दुःख दिएको पाइएपछि नेकपाले शनिबार योजनाबद्ध रुपमा लखेटेको नेकपा सर्लाही जिल्ला इन्चार्ज सुर्य सीले बताए । कर्जा नतिरेको भन्दै कालोसूचीमा राखिदिने धम्की दिने, विहान बेलुका घरमा आएर टचर दिने गरेपछि नेकपाले किस्ता उठाउन आएका बेलामा लखेटेको हो ।

नेकपाले लघुवित्तका डिएम धिरज राजवंशीसहित दुई जनाको टिमलाई सम्झाई बुझाई पठाएको उनको भनाई छ । ‘हामीले उनीहरु आयपछि महिला दिदी बहिनीसँग छलफल गरेर पठाउने योजना गरेका थियौं ।’, उनले भने, ‘तर उनीहरु लघुवित्तका सदस्यलाई कालोसूचीमा नराख्ने, पैसा उठाउन नआउने सहमति गरेर आत्तिदै भागे ।’

बिहानै ६ बजे किस्ता उठाउने भन्दै अर्काको घरमा आउने, धम्की दिने, टचर दिने गरेपछि स्थानीय महिलाहरुले नेकपालाई खवर गरेका थिए । सनिबारको मौका पारी नेकपाले महिलाको सहभागितामा उनीहलाई लखेटेको हो । यो कार्यक्रममा नेकपा हरिवन नगर इन्चार्ज विकास सीसहित थुप्रै महिलाहरुको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।