![](https://janapatrika.com/wp-content/uploads/2023/08/received_297982796208442.jpeg)
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले भू माफियाले हडपेको सार्बजनिक जग्गा फिर्ता गर्न भन्दै सरोकावाला निकायमा ज्ञापन पत्र बुझाएको छ। बुधवार जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यलय, महालक्ष्मी नगरपालिका, नापी कार्यालय र मालपोत कार्यालयमा कार्यलय प्रमुख समक्ष विभिन्न माग सहितकाे ज्ञापन पत्र बुझाएको हो।
महालक्ष्मी नगरपालिका वडा न.९, सिस्नेरीको पातले सामुदायिक वन क्षेत्र र आसपासमा रहेकाे सर्वसाधारण जनताको जमिन कब्जा गरी सयौ रोपनी जग्गा भू-माफिया र देउराली सहकारी संस्थाको संलग्नतामा प्लटिङ गरेको नेकपा ललितपुरले जनाएको छ।
“त्यहाँको प्राकृतिक वनजङ्गल, सडक बाटो, खोला किनारको पर्ति जग्गा, सार्वजनिक पोखरी अतिक्रमण गरी डोजर लगाई कब्जा गरिएको हर्कतप्रति हाम्रो पाटीको गम्भीर ध्यानाकर्षण भएको छ। सार्वजनिक सम्पतिको रक्षा एवम् सर्वसाधारण जनताको सरोकारको महत्वपूर्ण सवालमा यहाँको सिंगो समुदाय आन्दोलित भइरहेको सन्दर्भमा न्यायको पक्षमा संघर्षरत हाम्रो पार्टी चुप लागेर बस्न नसक्ने” ज्ञापन पत्रमा उल्लेख छ।
यस्ता छन् ज्ञापन पत्रमा मागहरु