५ जेष्ठ २०८१, शनिबार

वीरजङ्ग स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

0

काठमाडौं/ वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा अर्को महिना आयोजना हुने भएको छ । नेपाल गणातान्त्रिक खेलकुद महासंघ काठमाडौंको आयोजनामा हुने प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख, दोस्रो हुने टोलीले २ लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिा उत्कृष्ट स्पाइकर, क्विकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता कुल अनुमानित रकम २८ लाख खर्च हुने अनुमान गरिएको छ । पुरस्कार रकममा मात्रै ९ लाख ५५ हजार रकम खर्च हुने महासघंका अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।