
नेकपा निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ परिवर्तन गाउँपालिका रोल्पाको प्रथम भेला सम्पन्न भएको छ । आइतबार नेकपा परिवर्तन गाउँपालिका–३ बागमारामा रहेको पार्टी कार्यालयमा प्रथम भेला सम्पन्न भएको हो ।
खेलकुदमा वैज्ञानिक, नयाँ संरचना र आमूल परिवर्तन भन्ने मूल नारासहित नेपाल गणतान्त्रिक खेलकुद महासंघ परिवर्तन गाँउपालिका रोल्पाको प्रथम भेला सम्पन्न भएको बताइएको छ ।
गोपाल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोलिट ब्युरो सदस्य चुडामणी सी “आदर्श” को प्रमुख आतिथ्यता र नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय सदस्य प्रेम सीको विशिष्ट आतिथ्यता रहेको थियोे ।
नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा नेकपा रोल्पा जिल्ला सेक्रेटरी सन्दीप सी, जिल्ला सदस्य भक्त सी, नेकपा रोल्पा जिल्ला सचिवालय सदस्य तथा परिवर्तन गाउँपालिका इन्चार्ज पृथ्वी सी, नेकपा रोल्पा जिल्ला सदस्य तथा माडी गाउँपालिका सेक्रेटरी अविरल सी र नेकपा रोल्पा जिल्ला सदस्य तथा परिवर्तन गाउँपालिका सेक्रेटरी हिरालाल सी लगायतको आतिथ्यता रहेकोे थियोे ।
नेपाल गणतान्त्रिक खेलकुद संघ परिवर्तन गाँउपालिका रोल्पाको प्रथम भेलाले गोपाल बहादुर केसीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गर्दै प्रथम भेला सम्पन्न गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र चन्द ठकुरी र खुम रिजाल, सचिव चुडामणी केसी, सह–सचिव हिमाल केसी र पानकुमारी बुढा, कोषाध्यक्ष प्रयास बुढा भएका छन् भने अन्य ८ जना सदस्य रहेका छन् । कार्यक्रमको सञ्चालन सचिव चुडामणी केसीले गरेका थिए ।