६ जेष्ठ २०८१, आईतवार

नेपाल कम्युनिस्ट पार्टी ललितपुरद्वारा एकदिने स्कुलिङ कार्यक्रम

0

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले कार्यकर्ताहरुको संगठनात्मक क्षमता विकासको लागि एकदिने स्कुलिङ कार्यक्रम सञ्चालन गरेको छ।

शुक्रवार नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोको योजना तथा ललितपुर जिल्लाको आयोजनामा जिल्लाका नेता कार्यकर्ताहरुको संगठनात्मक क्षमता विकासको लागि एकदिने स्कुलिङ कार्यक्रम सञ्चालन गरिएको हो।

ललितपुरमा सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्लाका करिब ३० जना अगुवा नेता – कार्यकर्ता सहभागीता रहेको थियो।कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज विपिन सी र रत्न सीले संगठन निर्माण, संचालन, परिचालन र पार्टीले संगठनको क्षेत्रमा विकास गरेको नयाँ मान्यताहरुको बारेमा शिक्षण गरेका थिए। 

स्कुलिङले आगामी दिनमा पार्टी संगठनको विस्तार,सुदृढीकरण र जनसम्बन्ध विस्तारमा गतिशीलता एवम् सिर्जनशीलता वृद्धि गर्ने आयाम थपेको केन्द्रीय सदस्य विपिनले वताएका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।