११ श्रावण २०८१, शनिबार

भ्रष्टाचार अन्त्य गर्न राज्यको रुपान्तरण जरुरी

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले भ्रष्टाचार अन्त्य गर्न राज्यको रुपान्तरण जरुरी भएको बताएका छन् । माक्र्सवादी ज्ञान केन्द्रद्वारा शनिबार आयोजित ‘भ्रष्टाचारको महारोग र निर्मूल पार्ने उपायहरु’ बिषयक भर्चुअल डिस्कोर्स कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् । महासचिव विप्लव सीले पुँजीवाद भ्रष्टाचारको जन्मदाता भएको उल्लेख गर्दै समाजवाद त्यस्तो नभएको बताए । उनले समाजवादमा पनि भ्रष्टाचार हुन् सक्ने भन्दै समाजवादमा आउने भ्रष्टाचार चाहिँ बिचार र दृष्टिकोणको विचलनका कारण हुने बताए ।

महासचिव विप्लव सीले भ्रष्टाचारको मुख्यकारण निजी सम्पत्तिको उत्पत्ति रहेको उल्लेख गर्दै निजी सम्पतिप्रतिको मानिसको गलत दृष्टिकोण नै भ्रष्टाचारको मुख्य कारण भएको बताए । उनले निजी सम्पतिप्रतिको मोह र त्यसलाई संरक्षण गर्ने राज्यसत्ता रहेसम्म भ्रष्टाचारको अन्त्य हुन् नसक्ने बताए ।

यसैगरी, महासचिव विप्लव सीले पुँजीवादको अन्त्य गरेर समाजवादमा नगएसम्म भ्रष्टाचार रहिरहने बताए । उनले समाजवाद असफल हुनुमा पनि भ्रष्टाचार कारक भएको बताए । उनले पूर्वसोभियत संघ हुनु र त्यसपछि पूर्वीयुरोपहरु बिघटन हुनु पनि भ्रष्टाचार अर्थात् आर्थिक अपारदर्शिता नै रहेको बताए ।

शनिबार माक्र्सवादी ज्ञान केन्द्रद्वारा आयोजित ‘भ्रष्टाचारको महारोग र निर्मूल पार्ने उपायहरु’ बिषयक भर्चुअल डिस्कोर्स कार्यक्रममा बाम बुद्धिजीवि डा खगेद्र प्रसाईं र अधिकारकर्मी प्रतिमा शर्माले आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।