२३ बैशाख २०८१, आईतवार

समाजवादी मोर्चाको सुर्खेतमा सन्देश सभा हुँदै

0

काठमाडौँ: समाजवादी मोर्चा नेपालको आजका लागि तय गरिएको सुर्खेतको सन्देशसभा हुने भएको छ ।
मोर्चाको अध्यक्षमण्डलमा रहेका शिर्ष नेताहरुको सहमति अनुसार सन्देश सभा हुन लागेको हो ।

नेपाल कम्युनिष्ट पार्टीले एमसीसी सम्बन्धि आफ्नो फरक धारणा दृढ रुपमा राख्दै  सन्देशसभामा सहभागी हुने निर्णय गरेको नेता अनिल शर्मा विरहीले जानकारी दिए  ।

सन्देश सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने तयारी छ ।
सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको मोर्चाले जनाएको छ । एमसीसी कार्यान्वयनको विषयले बुधबार हुने भनिएको धनगढीको सन्देश सभा भने स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।