५ जेष्ठ २०८१, शनिबार

राष्ट्रघाती एमसीसी कार्यन्वयन विरुद्ध बनेपामा संयुक्त विराेध प्रदर्शन

0

काभ्रे:  राष्ट्रघाती एमसीसी सम्झौता कार्यन्वयन विरुद्ध संयुक्त विराेध प्रदर्शन कार्यक्रम बनेपाको धुलिखेलमा सम्पन्न भएकाे छ ।

उक्त विराेध प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा पूर्वी ताम्सालिङ ब्युराेकाे जवस इन्चार्ज युगिन सीले याे राष्ट्रघाती एमसीसी परियाेजना कुनै पनि हालतमा नेपाल जनताले कार्यन्वयन गर्न नदिने बताए । एमसीसी संसदले पास गरेतापनि नेपाल जनताले पास  नगरेको र देश बेच्ने अधिकार संसदलाई नभएकाे पनि बताए । आम नेपाली जनताको खबरदारीलाई अटेर गर्दै संसदबाट जबर्जस्त पास गरिएको एमसीसी सम्झौता राष्ट्रघाती, जनघाती र साम्राज्यवादी षड्यन्त्रको जाल भएको बताए ।


साे सम्झौता खारेजकाे लागि सबै देशभक्त, प्रगतिशील, क्रान्तिकारी, कम्युनिस्ट पार्टी, संगठन, श्रमिक, युवा, किसान सबै जना आ-आफ्नो स्थानबाट एमसीसी सम्झौता कार्यन्वयनकाे विरुद्ध उठ्ने बेला आएकाे बताए । विकासको नाममा नेपाललाई युक्रेन बनाउन खोजेको अमेरिकी साम्राज्यवादले एमसीसीको बाटोबाट नेपाललाई जबर्जस्त युद्धतिर धकेल्न खाेजेकाे जिकिर गरे । कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज विकल्प, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विन्दु, केन्द्रीय सल्लाहकार सदस्य यादव, केन्द्रीय प्रतिनिधि सदस्यहरु प्रेरक, प्रताप, राजेन्द्र लगायतका नेता कार्यक्रमहरु सहभागिता थियाे भने साे प्रदर्शन कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे तर्फबाट जिल्ला संयाेजक माधव गाैतमले सम्बाेधन गरेका थिए ।


बनेपाकाे चार दाेबाटाे चाेकमा भएको प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी परियोजना कार्यन्वयन विरुद्ध राष्ट्रघाती एमसीसी खारेज गर!, गाे ब्याक अमेरिका, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराै !, रिजेक्ट अमेरिका जस्ता प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी काभ्रे, क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रे, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल काभ्रे र ऋषि कट्टेलकाे नेपाल कम्युनिस्ट काभ्रेले संयुक्त रुपमा विरोध प्रदर्शन कार्यक्रम आयाेजना गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।