काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले असाेज १ गतेदेखि सुरू गर्ने भनिएकाे ‘एमसीसी विरुद्ध मार्च पास अभियान’ असाेज ४ गतेबाट सुरू हुने भएकाे छ । असाेज १ गतेबाट सुरू गर्ने भनिएकाे अभियान साे समयमा हिन्दु धार्मिक समूदायका जनताकाे तीज पर्व पर्ने भएकाले ४ गतेबाट सुरू हुने भएकाे हाे ।
असाेज ४ गते उद्घाटन गरि अभियानकाे सुरूवात गरिने नेकपाले जनाएकाे छ । कालइन्द्र (पात्रो) नहेरी हतारमा निर्णय गर्नुपर्दा भएकाे असावधानीकाे लागि क्षमायाचनासहित तयारीमा जुट्न पार्टी पङ्क्ती र जनसमुदायलाई नेकपा केन्द्रीय कार्यालयले अनुराेध गरेकाे कार्यालय सचिव अडिग सीले बताए ।
प्रतिक्रिया दिनुहोस्