३१ भाद्र २०८१, सोमबार

नेकपाद्वारा मिना शेर्पाप्रति हार्दिक श्रद्धाञ्जली

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टीले धरान उपमहानगरपालिका ५ खैरेनी निवासी जनमुक्ति सेना १६ औं बटालिएन ‘ए’ कम्पनीका कमान्डर जितेन (धन कुमार राई) जीवन संगिनी सोही कम्पनी अन्तर्गत सेक्सन कमान्डर मिना शेर्पाको ३७ वर्षको अल्पायुमा भएको निधनप्रति दु:ख व्यक्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा कोशी ब्युरो इन्चार्ज दिपेश सी र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज त्रिलोचन सीले उनको निवासमा पुगेर मिना शेर्पाको निधनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

नेकपा नेताहरुले समवेदना पत्र हस्तान्तरण गर्दै मिनाको दु:खद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका जितेन, छोरी जेनिका र छोरा डेनिशप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
वि.सं. २०४३/०३/ ५ षडनन्द नगरपालिका १० मझुवा साङपाङ भोजपुर जन्म भै वि.सं. २०८० /०५/१४ धरान उपनगरपालिका ५ खैरेनी सुनसरीमा ३७ वर्षको उमेरमा मिनाकाे निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।