२३ भाद्र २०८१, आईतवार

आदर्श सीद्वारा पदम कुमारी पन्तप्रति शोक वक्तव्य जारी गर्दै दु:ख व्यक्त

0

काठमाडाैँ: तत्कालिन जनमुक्ति सेनाका ब्रिगेड सह-कमान्डर तथा जेष्ठ छोरा सहिद विनोद पन्त ‘जितेन्द्र’ को ममतामयी आमा पदम कुमारी पन्तको निधन भएको छ । उनको ६८ वर्षको उमेरमा क्यान्सर रोगबाट यहि भदौ २९ गते बेलुकी ६:२५ बजे निधन भएको हो ।

सहिदकी आमा पदम कुमारी पन्तबाट दुई छोरा र एक छोरी जन्मिएका थिए । जसमध्ये तत्कालिन जनमुक्ति सेनाका ब्रिगेड सह-कमान्डर तथा सहिद विनोद पन्त ‘क. जितेन्द्र’ जेष्ट छोरा हुन् भने कान्छो छोरा अर्जुन पन्त हुन् । त्यसैगरी छोरी बिनिता पन्त हुन् र बुहारी प्रभा सेडाई-पन्त हुन् । 

यस दु:खद घडीमा मृतक आमाप्रति नेपाल कम्युनिस्ट पार्टी पूर्वी गण्डक ब्युरो इन्चार्ज आदर्श सीले शोक वक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेका छन् । मृतक सहिदकी आमाप्रति  हार्दिक श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना तथा सहानुभूति समेत प्रकट गरेका छन् ।

नेता आदर्श सीले सहिदको सपना साकार पार्न एकीकृत जनक्रान्तिको बाटोमा प्रतिबद्द रहेको पनि बताएका छन् । 

 शोक वक्तव्य:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।